एविसी, इन्द्रेणी र सहारा शुभकामना कपको क्वाटरफाइनलमा प्रवेश

पोखरा, ३ बैशाख/हेमजा युनाईटेडले आयोजना गरेको शुभकामना नकआउट फुटबल प्रतियोगिता जारी छ। प्रतियोगिताको पहिलो खेलमा लेकसाईड फुटबल क्लबले वाक दिउपछि एविसी फुटबल क्लब अन्तिम आठको स्थान सुरक्षित बनाएको छ।

यता प्रतियोगिताको दोस्रो खेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्रले शितल ज्योति युवा क्लबलाई टाईब्रकेरमा ४—२ गोलले पछि पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

दुई पटकको अग्रता जोगाउन नसक्दा ईन्द्रेणी एकिकृत विकास केन्द्रले इन्जुरी समयमा पाएको फ्रिकिकलाई शितलज्योतिले सदुपयोग गरेपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा गोल नभएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरियो। कृष्ण राना र रुपेश गुरुङको पेनाल्टीलाई ईन्द्रेणी गोलकिपरले बचाउ गर्दै जित सुनिश्चित बनाए। विश्वास कार्की र कप्तान आदर्श शाहीले गोल गरेपनि पर्याप्त हुन सकेन् । ईन्द्रेणीका संगम दर्जी, निशान गुरुङ, विक्रम पुन र प्रमिश गुरुङको पेनाल्टी गोलमा परिणत भएको थियो।

यसैगरी प्रतियोगिताको तेस्रो खेलमा सहारा क्लबले पाहुनाको रुपमा भित्रिएको बाग्लुङ फुटबल क्लबलाई ४—२ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ। गंगा गुरुङले ह्याट्रिक गर्दै सहज जित दिलाउने क्रममा तोरण गुरुङले नवौं मिनेटमा गोल गरेका थिए। गंगाले २२, ३७ र ६५ औं मिनेटमा ह्याट्रिक गर्दै पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा दरिए।

बाग्लुङका लागि रोशन लामिछानेले १६ र ३५ औं मिनेटमा गोल गर्दै प्रतिस्पर्धात्मक बनाउने प्रयास भने अन्तिममा असफल हुन पुग्यो। प्रतियोगितामा सहाराका गंगा गुरुङ म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिताको सोमबार पहिलो खेल पश्चिम पृतना आर्मी र गार्डेन एफसीबीच तथा दोस्रो खेल हेमजा–११ ‘वि’ र पश्चिमाञ्चल फुटबल ट्रेनि· सेन्टरबीच हुने छ।

कमेन्टहरु
Loading...