शुभकामना कपका लागि विभिन्न उपसमिति

हेमजा, ८ फागुन /हेमजा युनाईटेडको आयोजनामा नयाँ वर्षसँगै हँुदै आएको शुभकामना कपको आगामी श्रृङखला सम्पन्न गर्न मंगलवार सरोकारवालाको बृहत भेला भएको छ ।

भेलाले खेल संचालन गर्न क्लवका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको संयोजकत्वमा क्लवका उपाध्यक्ष मनोजकुमार श्रेष्ठ सहसंयोजक, क्लवका सचिव शंकरमणि त्रिपाठी सदस्य सचिव रहने गरी मुल आयोजक समिति गठन गरेको छ ।त्यस्तै सोही भेलाले ऋषिराम पौडेल संयोजक तथा राजेश त्रिपाठी सहसंयोजक रहेको अर्थ संकलन उपसमिति, प्रकाशचन्द्र सापकोटा संयोजक मनोजकुमार श्रेष्ठ संहसंयोजक रहेको प्रचारप्रसार उपसमिति पनि गठन गरेको छ ।

सोही भेलाले धमेन्द्र कुँवरको संयोजकत्वमा विकास कुँवर सहसंयोजक रहेको खेलमैदान व्यवस्थापन उपसमिति, राजु कुँवरको संयोजकत्वमा खेलकुद सामग्री तथा रेफ्री व्यवस्थापन उपसमिति, बुद्घदेवी कुँवरको संयोजकत्वमा स्वागत, सत्कार उपसमिति, विकास कुँवरको संयोजकत्वमा स्वयमसेवक तथा युवा परिचालन उपसमिति, हेमजा हस्पिटलको संयोजकत्वमा स्वास्थ्य सेवा उपसमिति गठन पनि गरेको छ ।

त्यस्तै उक्त भेलाले क्लवका सचिव शंकरमणि त्रिपाठीको संयोजकत्वमा कार्यक्रम संचालन उपसमिति, महदत्त पौडेलको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति, शंकरमणि त्रिपाठीको संयोजकत्व तथा खिमलाल तिम्सिनाको सहसंयोजकत्वमा सचिवायलय व्यवस्थापन उपसमिति, संजय तिम्सिनाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, गौरीशंकर माविका प्रधानाध्यापक अम्वरबहादुर कुँवरको संयोजकत्वमा वडा सदस्य जीतबहादुर कार्की, वडा सदस्य दलबहादुर कुँवर, गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख ओमबहादुर कुँवर सदस्य रहेको अनुगमन उपसमिति तथा क्वलका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरको संयोजकत्वमा पुरस्कार तथा मायाको चिनो उपसमिति पनि गठन गरेको छ ।

कमेन्टहरु
Loading...