पोखरामा जारी गल्फमा सन्जय लामाको अग्रता कायमै

पोखरा, १७ माघ/पोखरामा जारी सुर्य नेपाल वेयष्टन ओपन गल्फमा सन्जय लामाले बिहीबार दोस्रो दिन हिमालयन गल्फ कोर्षमा लेभल पार खेल्दै ३६ होल सकिदाँ दुई अण्डर १३६ को स्कोरमा अग्रता कायमै राखेका छन् । पहिलो दिन दुई अण्डर खेल्दै अग्रता लिएका उनले दोस्रो दिन पनि उस्तै लयलाई कायम राख्दै लेभल पार खेले ।

पहिलो दिन तीन ओभर खेलेका रवि खड्काले दोस्रो दिन सुधार गर्दै ४ अण्डर खेल्दै दोस्रो स्थानमा उक्लिएका छन् । उनले समग्रमा ३६ होल सकिदाँ उनी एक अण्डर १३७ को स्कोरमा रहँदै लामालाई पछ्याईरहेका छन् । शिवराम श्रेष्ठले दोस्रो दिन दुई ओभर खेलेपछि उपाधिको यात्रा केही असहज बन्न पुगेको छ । अघिल्लो दिन लेभल पार खेल्दै उपाधि होडमा रहेका उनले दोस्रो दिन खराब लयमा रहे । उनले ३६ होलको समाप्तीमा दुई ओभर १४० को स्कोरमा छन् ।

त्यसै गरि जयराम श्रेष्ठले दोस्रो दिन दुई ओभर खेल्दै ७१ को कार्ड बनाए । उनले ३६ होल सकिदाँ ३ ओभर १४१ स्कोरमा छन् । साविक विजेता आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापा भने दोस्रो दिन लेभल पार खेल्दै उपाधि होडलाई सम्भावनालाई केहीहदसम्म जिवितै राखेका छन् । सुर्य नेपालको आयोजनामा सञ्चालित १९ औं सस्करणको विजेताको टुंगो शुक्रबार लाग्ने छ ।

कमेन्टहरु
Loading...