थापालाई सुर्य नेपाल वेष्र्टन ओपनको उपाधि

पोखरा, २ फागुन/ दुईवर्षपछि पोखराको हिमालयन गल्फ कोर्षमा आर्मी गल्फ क्लबका गल्फर धनबहादुर थापाले २० औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन टुरको उपाधि जितेका छन् । शीर्ष बरियताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् ।

फ्रन्ट नाईनमा दुई अण्डर राखेका नेपाल आर्मी गल्फर थापाले सुर्य नेपाल वेष्टर्न ओपनको उपाधि उचाल्न सफल भए । थापाले ५४ होल समाप्तीमा ४ अण्डर २०३ स्कोरको कार्ड बनाउँदै उपाधि उचाले । उनको वेष्टर्न ओपन उपाधि भने तेस्रो हो । यसअघि २०१५ र २०१७ मा उपाधि आफनो नाममा लेखाईसकेका छन् । उनले नगद १ लाख २५हजार नगद राशी प्राप्त गरे ।

अन्तिम दिन शुक्रबार उत्कृष्ट लयमा रहँदै तीन अण्डर ६६ मा टुर टुंग्याएका शीर्ष बरियताका शिवराम श्रेष्ठ उपविजेतामा चिक्त बुझाए । उनले समग्रमा ३ अण्डर २०५ को स्कोरमा रहे । दोस्रो दिन तीन ओभर खेल्नु नै उनको लागि उपाधि होडबाट पछाडि धकेल्यो । उनले उपविजेता हुदै ७५ हजार नगद हात पारे ।

तेस्रो स्थानमा भने धराने गल्फर शुक्रबहादुर राई रहे । उनले ५४ होल टुग्याउँदा तीन ओभर २१० को कार्ड बनाउँदै नगद ५५ हजार जिते । उनले तीनै दिन एक –एक ओभर खेले । चौथो स्थानमा जयराम श्रेष्ठ रहे । उनले ५४ होलको प्रतियोगिताबाट विट मार्ने क्रममा ५ ओभर २१२ मा टुग्याए । पाचौँ स्थानमा भुवनकुमार रोका र सन्जय लामाले स्थान बनाए । लामा र रोकासँगै टाईमा रहेका निरज तामाङ भने ‘डिस्क्वालिफाईड’ भए । उनले १८ औं होलमा त्रिपल बोगी खेले । तर स्कोर कार्डमा डबल बोगी उल्लेख गरेपछि उनलाई डिस्क्वाईलिफाईड गरिएको थियो ।

रवि खड्का सातौं स्थान, आठौं स्थानमा भुवन नगरकोटी र रामकृष्ण श्रेष्ठ, र विनोद तामाङ दशौं स्थानमा रहदैं नगद पुरस्कार हात पार्न सफल भए । उपाधि विजेता थापालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि प्रदान गरेका थिए ।

एमेच्योर तर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । उनले पहिलो दिन देखि नै अग्रता लिदैं उपाधि जोगाएका हुन् । उनले १८ ओभर २२५ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । अन्तिम दिन पाँच ओभर ७४ को कार्ड बनाएका थिए । पहिलो दिन ५ ओभर ७४, दोस्रो दिन दिन ८ ओभर ७७ र अन्तिम दिन ५ ओभर ७४ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । दोस्रो स्थानमा सुरेश तामाङ रहे । उनले २५ ओभर २३२ को कार्ड बनाए ।

सुर्य नेपाल वेष्टर्न ओपन गल्फ विजेता गल्फरहरु
१) रमेश नगरकोटी– सन १९९९,२००२
२) दिपक थापा मगर–२०००,२००३
३) पशुपति शर्मा–२००१
४) दिपक न्यौपाने–२००४,२००६
५) शिवराम श्रेष्ठ–२००५,२०११,२०१२, २०१३, २०१६
६)मणि राई–२००८
७) रबि खड्का–२००९
८) सन्जय लामा–२०१०, २०१८
९) भुवन नगरकोटी–२०१४
१०) धनबहादुर थापा–२०१५, २०१७, २०१९

कमेन्टहरु
Loading...