शरीरिक सुगठनमा सहभागी हुन गुरुङ्ग भुटान जाने

पोखरा, २९ साउन /मित्र राष्ट्र भुटानमा आयोजना हुने ५० औं एशियाली शारिरिक सुगठन तथा फिटनेश प्रतियोगितामा सहभागी हुन कास्कीका सुरेश गुरुङ्ग जाने भएका छन ।

शरीरिक सुगठनमा सहभागी हुन गुरुङ्ग भुटान जाने
शरीरिक सुगठनमा सहभागी हुन गुरुङ्ग भुटान जाने

आगामी भदौ १५ मा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन लागेका गुरुङ्गको कास्की शारिरिक सुगठन तथा फिटनेश संघले शनिवार उनको विदाई गरेको छ । उनी भुटान जानु अघि काठमाडौमा प्रशिक्षण गर्ने संघका सचिव उमेश सिकेले जानकारी दिए ।

५५ केजी तौल समुहको प्रतिष्पर्धामा जान लागेका गुरुङ्गलाई कास्की शारिरिक सुगठन तथा फिटनेश संघले नगद १५ हजार प्रदान गरेको छ । त्यसै गरि उनलाई स्थानिय क्लवहरुले समेत ६ हजार ५ सय सहयोग प्रदान गरेका छन । कास्की बाट पहिलो पटक देशको प्रतिनिधित्व गर्दै उच्च स्तरिय प्रतिष्पर्धामा जान लागेकोमा खुसी व्यक्त गर्दै संधका अध्यक्ष शंकरमान उदासले उनको खेल जिवनमा थप हौसला मिलोस भन्दै शुभकामना दिएका थिए ।

गुरुङ्गलाई स्थानिय क्लवहरुका तर्फ बाट बुल्स जिम, पावर जिम लेखनाथ, पावर जिम पोखरा, पोखरा स्र्पोट्स, रन्त श्री जिम, माछापुच्छ«े जिमले गुरुङ्गलाई सहयोग गरेका हुन । सहयोग रकम संघका सदस्य पुर्ण श्रेष्ठले हस्तान्तरण गरेको सचिव सिकेले जानकारी दिए । यस अघि गुरुङ्गले पाकिस्तानमा सम्पन्न दक्षिण एशियाली खेलमा आफ्नो तौल समुहमा तेश्रो भएका थिए ।

कमेन्टहरु
Loading...