टिभिएस अपाचे स्पोर्टस अवार्डका तीन विधामा पुरस्कार राशीमा बृद्धि

पोखरा, ५ जेठ /‘समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरामा आयोजना हुने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ का चार विधाको पुरस्कार राशी बृद्धि गरिएको छ ।

पोखरा स्पोर्टस अवार्ड अन्र्तगत वर्ष उत्कृष्ट प्रशिक्षक, उदियमान खेलाडी, खेलकुद संघसंस्था र वर्ष उत्कृष्ट पत्रकारीता अवार्डको पुुरस्कार राशी बृद्धि गरिएको छ । स्पोर्टस अवार्ड आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले चार अवार्डको पुरस्कार राशी बृद्धि गर्ने निर्णय गरेको हो ।

वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदयमान खेलाडी अवार्डलाई २५ हजार रुपैयाँ बनाइएको छ । गत वर्ष १५ हजार र एक थान मोबाइल प्रदान गरिएको थियो भने यस पटकबाट १०/१० हजार रुपैयाँ बृद्धि गरि २५ हजार सहित एक÷एक थान मोबाइल प्रदान गर्ने निर्णय मञ्चले गरेको अध्यक्ष गिरीले बताए ।

त्यस्तै बैठकले वर्ष उत्कृष्ट खेलकुद पत्रकारीता अवार्डको पुरस्कार राशीमा पाँच हजार रुपैयाँ बृद्धि गरेको छ । गत वर्ष १५ हजार रुपैयाँ रहेको पत्रकारीता अवार्डलाई यस वर्षदेखि २० हजार रुपैयाँ बनाउने निर्णय भएको छ । खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको चौथौ संस्करणको अवार्ड वितरण कार्यक्रम जेठ २४ गते हुदैछ ।

पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रममा यस पटक पपुलर खेलाडी अवार्ड विधा समेत थप गरिएको छ । पपुलर खेलाडीको छनोट एसएमएस मार्फत गरिने छ । सवैभन्दा बढि भोट ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिने छ ।

अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ २५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १५ हजार रुपैयाँ साथमा ट्रफी दोसल्ला प्रदान गरिनेछ संयोजक एवं अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा ५१ सदस्यीय मुलआयोजक समिति र विभिन्न १२ वटा उपसिमिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...