स्नुकरमा सेमिफाइनल खेल सम्पन्न

पोखरा, १ फागुन । पोखरामा जारी स्नुकर च्याम्पियनशिप –२०१४ मा विहीबार सेमिफाइनल खेल सम्पन्न भएको छ । सेमिफाइनल खेलबाट महेन्द्र नेपाली र मनिष प्रधान फाइनलमा प्रवेश गरेको आयोजक क्लब दी पोखराका संचालक गणेश बसौलाले जानकारी दिए । शुक्रबार स्नुकर च्यम्पिसशिपका लागि नेपाली र प्रधानवीच प्रतिस्पर्धा हुने छ । स्नुकर खेलाडीहरुलाई प्रोत्साहित गर्न तथा स्नुकरप्रेमीहरुलाई उत्साहित बनाउने उदेश्यले माघ २० गतेदेखि प्रतियोगिता शुरु भएको हो । च्याम्पियनशिपमा प्रथम हुनेले नगद रु २५ हजार पाँच सय र द्वितिय हुनेले १० हजार सहित प्रमाणपत्र र शिल्ड पाउने छन् । त्यसैगरी, प्रतियोगिताका दुई सेमीफाईनलिष्टलाई पनि जनही नगद रु दुई हजार पाँच सय÷दुई हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी हाईयष्ट ब्रेक गर्ने खेलाडीलाई पनि नगद रु. पाँच हजार प्रदान गरिने बताइएको छ । डेढ दशकपछि पोखरामा यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिएको हो ।

कमेन्टहरु
Loading...