स्नुकरमा प्रिक्वाटर खेल सम्पन्न

पोखरा, २८ माघ । पोखरामा जारी स्नुकर च्याम्पियनशिप –२०१४ मा मङ्गलबार प्रिक्वाटर खेल सम्पन्न भएको छ। १६ जनावीच प्रतिस्पर्धा भएको प्रिक्वाटर खेलबाट ८ जना खेलाडी क्वाटर फाइनलमा प्रवेश गरेको आयोजक क्लब दी पोखराका संचालक गणेश बसौलाले जानकारी दिए। प्रिक्वाटर खेलबाट दिपक थापा, मनिष प्रधान, नवीन राना, नारायण पुन, विक्रम जि.सी, शेखर शेरचन, महेन्द्र नेपाली र विजय क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

क्वाटर फाइनल खेल बुधबार हुने छ। क्वाटर फाइनल खेल बेष्ट अफ सेभेनका आधारमा खेलाईने छ। स्नुकर खेलाडीहरुलाई प्रोत्साहित गर्न तथा स्नुकरप्रेमीहरुलाई उत्साहित बनाउने उदेश्यले माघ २० गतेदेखि प्रतियोगिता शुरु भएको हो। प्रतियोगिताको फाइनल खेल फागुन २ गते शुक्रबार हुने छ। च्याम्पियनशिपमा प्रथम हुनेले नगद रु २५ हजार पाँच सय र द्वितिय हुनेले १० हजार सहित प्रमाणपत्र र शिल्ड पाउने छन्।

त्यसैगरी, प्रतियोगिताका दुई सेमीफाईनलिष्टलाई पनि जनही नगद रु दुई हजार पाँच सय÷दुई हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी हाईयष्ट ब्रेक गर्ने खेलाडीलाई पनि नगद रु. पाँच हजार प्रदान गरिने बताइएको छ। डेढ दशकपछि पोखरामा यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिएको हो।

कमेन्टहरु
Loading...