स्क््रयाबलमा अर्जुन बाँस्तोला च्याम्पियन

पोखरा, ७ फागुन/अमेरिकी कर्नरले आयोजना गरेको क्षेत्रीय स्तरको स्क््रयाबल प्रतियोगितामा कास्कीका अर्जुन बाँस्तोला प्रथम भएका छन् ।
प्रतियोगितामा ३ जिल्लाका १६ जना विद्यार्थी सहभागी भएकोमा पोखराको स्पाइरल ग्यालेक्सी उच्च मा.वि.का बाँस्तोला प्रथम भएका हुन् । प्रथम हुन सफल बाँस्तोलालाई विद्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

क्षेत्रीय स्तरको प्रतियोगितामा उत्कृष्ट भई विद्यालयको गौरव बढाएको भन्दै बाँस्तोलालाई विद्यालयका प्राचार्य नारायण शर्मा चापागाईं, सहप्राचार्य सन्तोष गुरुङ, व्यवस्थापकिय संयोजक अर्जुन ढकाल र अतिरिक्त विभागका प्रमुख सुमन पौडेलले पुरस्कार सहित सम्मान गर्नुभयो ।कार्यक्रममा  सह प्राचार्य गुरुङले विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

कमेन्टहरु
Loading...