सृजना कप भलिबलको फाइनलमा छात्रतर्फ कालिका र राष्ट्रिय मावि तथा छात्रातर्फ जनप्रिय र तालवाराही भिड्ने

पोखरा, ११ माघ/ पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको छात्रतर्फको उपाधिका लागि कालिका मावि र राष्ट्रिय मावि भिड्ने भएका छन् । छात्रातर्फ भने जनप्रिय मावि र तालवाराही मावि प्रतिष्पर्धामा उत्रिने भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भएको प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फको उपाधि भिडन्त भोलि शनिबार हुँदैछ ।

शुक्रबार भएको छात्रतर्फको सेमी फाइनल खेलमा राष्ट्रिय माविले भद्रकाली माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । राष्ट्रिय माविले भद्रकालीलाई २५–१९, २५–१७ र २५–१६ को सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो । त्यस्तै शुक्रबारै भएको अर्को खेलमा कालिका माविले लक्ष्मी माविलाई ३÷१ सेटमा पराजित गर्दै उपाधि यात्रा सुनिश्चित ग¥यो । कालिकाले लक्ष्मी माविलाई २५–१३, २०–२५, २५–१६ र २८–२६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

यसअघी शुक्रबार विहान भएको छात्रतर्फको क्वाटरफाइनलमा लक्ष्मी माविले शारदा माविलाई २५–२१, १२–२५ र २५–१७, राष्ट्रिय माविले गोगन माविलाई २५–१२ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । यसैगरी अर्को खेलमा कालिका माविले मेश्रम वराह माविलाई २७–२५, १०–२५ र २५–१८ तथा भद्रकाली माविले गौरीशंकर मणिलाल माविलाई २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा सुरक्षित गरेको थियो ।

शुक्रबारै भएको छात्रातर्फको सेमीफाइनल खेलमा जनप्रिय माविले छोरेपाटन माविलाई ३÷१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुग्यो । जनप्रिय माविले छोरेपाटन माविलाई २५–२०, १५–२५, २५–७ र २९–२७ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । त्यस्तै अर्को सेमी फाइनल खेलमा तालवाराही माविले बाल मन्दिर माविलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित ग¥यो । तालवाराही माविले बाल मन्दिर माविलाई २५–१४, २५–१४ र २५–१६ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको फाइनल र तेश्रो स्थानका लागि शनिबार प्रतिष्पर्धा हुनेछ । तेश्रो स्थानका लागि शनिबार पूर्वाह्न ९ बजेदेखी खेल शुरु हुने प्रतियोगिता संयोजक बुद्ध सिंहले जानकारी दिए । बुधबारदेखी शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । समापन कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी रहनुहुने आयोजक सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेताले ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

कमेन्टहरु
Loading...