सम्पानी कप फुटबल जारी

पोखरा, २६ असोज/सिम्पानी कप सेभेन ए साइड फुटबल प्रतियोगिता जारी छ। पोखराको बगरस्थित टुँडिखेल खेल मैदानमा जारी प्रतियोगितामा बिहिबार चार खेल सम्पन्न भएका छन्। एलजी एशोसिएसन, गार्डेन एफसी, लेकसाइड एफसी र फेदीं एफसीले खेल जित्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणको पहिलो खेलमा एलजी एशोसिएसनले दिप युनाइटेडमाथि ३–१ जित निकाल्यो। एलजीका प्रदिप गुरुङले दुई र सिन्केमान तामाङले एक गोल गरे। दिप युनाईटेडका लागि अजिज मियाले एक मात्र शान्त्वना गोल गरे।

प्रि–क्वार्टरफाइनलकै दोस्रो खेलमा गार्डेन एफसीले भलामको शृंखला युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो। ५० मिनेटको निर्धारित समयमा दुबै टोलीको दुई-दुई गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। यसअघि, गार्डेन एफसीका तर्फबाट अजय श्रेष्ठ र मिलन गुरुङले एक-एक गोल गरेका थिए भने शृंखला क्लबका अनुप लामिछानेले टोलीका लागि दुबै गोल गरेका थिए।

तेस्रो खेलमा लेकसाइड एफसीले बगरको पाटन गाइज एफसीमाथि ८–० को फराकिलो गोल अन्तरले हरायो। लेकसाइडका सुनिल बि.क.ले पाँच गोल, अबिनास तामाङ, कालु थापा र सञ्जय बुढाथोकीले एक÷एक गोल गरे। फेदीं एफसी र कमलपोखरीबीच हुने भनिएको खेलमा कमलपोखरी एफसीले सहभागिता नजनाएपछि फेदीं एफसीले सिधा आक ओभर पाएर क्वार्टरफाइनल पुगेको छ।

शुक्रबार, प्रि–क्वार्टरफाइनल चरण अन्तरगतकै चार खेल हुनेछन्। क्वार्टरफाइनलका लागि शुक्रबार पहिलो खेल संगम एफसी बिरुद्ध मालेपाटन एफसी, आयोजक सिम्पानी ए बिरुद्ध हेमजाको बिष्णुपादुका क्लब, एलजी एशोसिएसन बिरुद्ध गार्डेन एफसी र फेदीं एफसी बिरुद्ध लेकसाइड एफसी भिड्नेछन्।

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको सेभेन ए साइड फुटबल प्रतियोगिता पोखराको सिम्पानीस्थित त्रि–शक्ति समाज सेवा क्लबले आयोजना गरेको हो। प्रतियोगिताका लागि हिमा–अस एजुकेशनल कन्सल्टेन्सीको मूख्य प्रायोजन गरेको छ।

कमेन्टहरु
Loading...