सिम्पानी कप सेभेन ए साइडसिम्पानी कप सेभेन ए साइडदोस्रो चरणका ६ खेल सम्पन्न

पोखरा, २६ असोज /सिम्पानी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा बुधबार दोस्रो चरणका ६ खेल सम्पन्न भएका छन्। पोखराको बगरस्थित टुँडिखेल खेल मैदानमा जारी प्रतियोगितामा बुधबार भलामको शृंखला युवा क्लब, संगम एफसी, मालेपाटन एफसी, हेमजाको बिष्णुपादुका क्लब, आयोजक सिम्पानी ए र एलजी एशोसिएसन बिजयी बनेको छ।

पहिलो प्रतिस्पर्धात्मका खेलमा भलामको शृंखला युवा क्लबले पोखरा भ्याली स्पोटर््सलाई टाइब्रेकरमा ३–१ गोलले जित्यो। निर्धारित ५० मिनेटको खेलमा दुबै टोलीको चार÷चार गोल भएपछि खेल टाईब्रेकरमा गएको थियो।  तेस्रो खेलमा मालेपाटन एफसीले लेकसाइड एफसीमाथि टाईब्रकरमै ३–२ ले जित निकालेको थियो। निर्धारित समयमा दुबैतर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो।  त्यसैगरी, आयोजक सिम्पानी ए र स्वस्तिक नेपालबीचको पाँचौ खेलको नतिजा टाईब्रेकरमै टुङ्गिएको थियो।

उक्त खेलमा आयोजक सिम्पानी एले स्वस्तिक नेपालमाथि टाइब्रेकरमा ३–१ को जित निकालेको थियो। निर्धारित समयमा दुबै टोलीले एक÷एक गोल गरेपछि खेल टाईब्रेकरमा पुगेको हो। बुधबारको दोस्रो खेलमा मानबहादुर तामाङ र बिशन गुरुङको दुई छुट्टाछुट्टै ह्याट्रिक सहित संगम फुटबल क्लबले रामघाट एफसीलाई ८–१ को फराकिलो गोल अन्तरले हरायो। संगमको तर्फबाट अञ्जन देबकोटा र बेलप्रसाद गुरुङले एक÷एक गोल गरेका थिए। रामघाटको तर्फबाट भने बिजय श्रेष्ठले एकमात्र शान्त्वना गोल गरेका थिए। चौथो खेलमा हेमजाको बिष्णुपादुका क्लबले लमजुङ रानीपानीको ग्रीन भ्याली क्ललाई ३–१ गोलले हराउन सफल रह्यो।

बिष्णुपादुकाका सुनिल तामाङ, रोशन केसी र सुरेन क्षेत्रीले एक÷एक गोल गरेका थिए। एलजी एशोसिएसन र तारा एफसीबीच बुधबार नै हुने भनिएको खेलमा प्राविधिक कारण तारा एफसीको सहभागिता नरहेपछि एलजी एशोसिएसनले सिधा वाक ओभर पायो।  बिहिबार, प्रतियोगिता अन्तरगत दोस्रो चरणका ४ खेल हुने आयोजक त्रि–शक्ति समाज सेवा क्लबले जनाएको छ। बिहिबार दिप युनाइटेड बिरुद्ध एलजी एशोसिएसन, भलामको शृंखला युवा क्लब बिरुद्ध गार्डेन एफसी, कमलपोखरी एफसी बिरुद्ध फेदीं एफसी र लेकसाइड बिरुद्ध पाटन गाइज एफसी भिड्नेछ।

कमेन्टहरु
Loading...