सफल कपमा आयोजकले थ्रिस्टारको सामना गर्दै

गोकुल बानियाँ
पोखरा ११ कार्तिक । पोखरामा जारी सफल पोखरा कपमा आज सेमिफाईनल प्रबेशको लागि लिग च्याम्पियन थ्रिस्टार क्लब र आयोजक पोखरा ११ भिड्दैछन् । पहिलो चरणमा बिभागिय टिम एपिएफलाई १–० ले हराउदै क्वाटरफाईनलमा पुगेको आयोजक र वाई पाएर सिधै अन्तिम आठमा स्थान पाएको थिंस्टारको खेल दिउसो साढे २ बजे पोखरा रंगशालामा सुरु हुनेछ ।

अघिल्लो संस्करणमा पहिलो चरण पार गर्न नसकेको घरेलु टिम पहिलो संस्करणमा सेमिफाईनल सम्म पुगेको थियो । पोखरा संकटा र ब्वाईज युनियनका खेलाडिको साथमा केहि नया खेलाडि सहित मैदान उत्रदैछ ।

थ्रिस्टार राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ, सन्तोष साहुखल लगायतका उत्कृष्ठ खेलाडिको साथमा खेल्दैछ । दोस्रो सफल कपमा सहभागिता नजनाएको थ्रिस्टार पहिलो संस्करणको क्वाटरफाईनलमा आर्मीसंग पराजित भएको थियो ।

आजको बिजेताले फाईनल प्रबेशको लागि कार्तिक १४ गते नेप्लिज फुटबल एसोसिएसन हङकङ र भुटान बिच भोलि हुने खेलको बिजेतासंग प्रतिश्पर्धा गर्नुपर्नेछ । यसअघिका खेलमा जित हात पार्दै आर्मी र मनाङ सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ५ गतेदेखि जारी प्रतियोगिताको फाईनल खेल कार्तिक १६ गते हुनेछ ।

कमेन्टहरु
Loading...