विद्यालयस्तरीय टी–२० क्रिकेटमा कुमुदिनी होम्स र टप्स सेमिफाईनलमा

पोखरा, २ फागुन/पोखरामा जारी विद्यालयस्तरीय टी–२० क्रिकेटको उपाधीका लागि कुमुदिनी होम्स र टप्स मावि सेमिफाईनलमा प्रबेश गरेका छन् । जनप्रिय माविलाई ६५ रनमै समेटिएपछि कुमुदिनी होम्स नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको हो ।

बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जनप्रियले १४७ रनको लक्ष्य पछ्याइरहँदा लोन श्रेष्ठले पाँच विकेट लिदाँ केवल ९ रन खर्चिएर स्पेलमा व्याट्सम्यानहरु एकपछि अर्को गरी पभेलियनको बाटो समाएपछि कुुमुदिनी होम्सले जनप्रियमाथि ८१ रनको फराकिलो स्कोर जित निकाल्दै सेमिफाईनल प्रवेश गरेको हो ।

टस हारेर व्याटिङमा उत्रिएको कुमुदिनी होम्सले नविन पोखरेलको ४० रनको महत्वपूर्ण इनिङ्समा १४६ रनको फराकिलो स्कोर तयार पार्यो । देव साहले पनि उनलाई साथ दिदैं २३ जोडेपछि कुमुदिनीले फराकिलो स्को बनाएपछि जनप्रिय निकै दबावमा परेको थियो । पोखरेलले ५ चौका खातामा लेखाए । साहले भने केवल १ चौका आफनो इनिङमा हिर्काएका थिए ।

जनप्रियका सुभाष मगरले पनि महत्वपूर्ण पाँच विकेट झार्दै कसिलो बलिङ गरेपनि अन्य बलर धमाधम रन दिएपछि जनप्रियले फराकिलो लक्ष्य पछ्याउन पुग्यो । केवल १३ ओभर मात्रै खेल्दै जनप्रियलाई ६५ रनमै पभेलियन पठाउन सलोन श्रेष्ठले ५ विकेट लिए । देव साहले पनि चार ओभर बलिङमै १० रन खर्चिएर तीन विकेट लिए । जे४ स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने सलोन श्रेष्ठ बने ।

पाँच विकेट लिएका जनप्रियका पाँच विकेट लिएका सुभाष मगरलाई पनि बल उपहार स्वरुप प्रदान गरिएको थियो । म्यान अफ दि म्याच श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङले म्यान अफदि म्याचको ट्रफी प्रदान गरेका थिए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा टप्सले मदरल्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ ।

टस जितेर व्याटिङ गरेको मदरल्याण्डले ११२ रनको योगफल तयार पार्ने क्रममा विजय आचार्यले ४२ रन नटआउट हिर्काए । उनले ५२ बल खेल्ने क्रममा ५ चौकाको रुपमा बउण्ड्री पार गराए । अर्जुन अधिकारीले भने १७ रनको योगदान गरे ।

मेखबहादुर सेनले अविजित ५२ रन बनाएपछि टप्सले ३ विकेटको क्षतिमा लक्ष्य पुरा गदैै सेमिफाईनल सुरक्षित बनायो । यु–१६ का राष्ट्रिय खेलाडी समेत रहेको सेनले २५ बल खेल्दै ७ चौका र २ छक्का हान्दै उत्कृष्ठ इनिङ खेल्दै जित सम्भब बनाए । बसन्त गुरुङले १७ मौसम गुरुङले १४ रनको योगदान गरे । जे ४ स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने अर्धशतक पुरा गरेका सेन घोषित भए ।

कमेन्टहरु
Loading...