विद्यालय स्तरीय ह्याण्डबलको उपाधि सरस्वती र पोखरा एकेडेमीलाई

पोखरा, २७ भदौ/बाटुलेचौर तीजे मेलामा आयोजित विद्यालयस्तरीय छात्रा तथा छात्र ह्याण्डबलको उपाधि

पोखरा एकेडेमी र सरस्वती विद्याश्रमले जितेका छन् । फाईनल खेलमा छात्रा तर्फ पोखरा एकेडेमीले गण्डकी

बोर्डिङलाई पराजित गर्दै उपाधि जितेको हो । विन्ध्यवासिनी माविको खेलमैदानमा बुधबार भएको फाईनलमा

उपाधि दिलाउन पोखरा एकेडेमीकी योगिता गुरुङ एक्लैले चार गोल हिर्काइन् ।

यसैगरी छात्र तर्फको फाईनलमा सरस्वती विद्याश्रमले माउण्ट अन्नपुर्णलाई प्रतिस्पर्धात्मक खेलमा ७–६ गोल

अन्तरले पन्छाउँदै उपाधि जित्न सफल भयो । सन्दीप गुरुङले व्यक्तिगत रुपमा तीन गोल गर्दै सरस्वतीको

जितमा नायक बने । पानीले केहीबेर अवरुद्ध भएपछि पुन खेलाईएको थियो ।

प्रतियोगितामा विजेता विद्यालयलाई विजेता छात्रा तथा छात्र विद्यालयलाई नगद २० हजारसहित ट्रफी, पदक

तथा प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता टोलीलाई नगद १५ हजारसहितको पुरस्कार प्रदान गरिएको थियो

। सेमिफाईनलिष्ट विद्यालयलाई ३–३ हजार रुपैयाँबाट सम्मानित भयो । नेपाल ह्याण्डबल संघका अध्यक्ष

तेजबहादुर गुरुङ, नेपाली सेना पश्चिम पृतनाका पृतनापति काजीबहादुर खत्री लगायतले नगदसहित ट्रफी, पदक

तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कमेन्टहरु
Loading...