विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रतिभा र टप्स भिड्ने

पोखरा, ४ फागुन/प्रतिभा बोर्डिङका जगदिश घिमिरेले नटआउट ३४ रनसँगै ४–१–४–२ को उत्कृष्ठ प्रदर्शन गरेपछि कुमुदिनीहोम्स माथि ९ विकेटको जित निकाल्दै नेप्लिज इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

कुमुदिनी होम्सलाई ६९ रनमै खुम्चाएको प्रतिभाले १२ ओभरमै जित सम्भव बनाएको थियो । अन्जन केसीले ४–१–१०–३ प्रदर्शन गरे । उनको उत्कृष्ठ बलिङमा कुमुदिनी होम्सका व्याट्सम्यान सस्तैमा पभेलियन फर्किएपछि प्रतिभाले थोरै लक्ष्य पछ्याएको थियो । उदय थापाको पनि उत्कृष्ठ प्रदर्शन रह्यो । उनको पनि ४–०–२०–३ को प्रदर्शन देखियो ।

शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको पहिलो सेमिफाईनलमा टस हारेको कुमुदिनीले व्याटिङको निम्तो पायो । क्रिज छिरेको कुमुदिनी होम्सले नविन पोखरेलले १७ रन नटआउट हिर्काए । रुपक थापाले १० रन बाहेक अन्य व्याट्सम्यानको दोहोरो अंकको स्कोर खातामा चढेन् । त्यो भन्दा बढी रन बलरले एक्ट्रा नै दिए । अतिरिक्त रन मात्रै कुमुदिनीको खातामा १९ रन जोडियो । जुन व्याट्साम्यानले बनाएको भन्दा धेरै रन हो । १९.२ ओभर खेल्दै ६९ रनमा समेटिदैं दोस्रो इनिङको लागि प्रतिभलाई आमन्त्रण गर्यो ।

७० रनको लक्ष्यलाई प्रतिभाले जगदिश घिमिरेको ३४ रन नटआउट योगदानमा केवल १२.० ओभर खेल्दै पुरा गर्दा केवल एक विकेट मात्रै गुमाउन पुग्यो । शुशिल तिवारीले २२ रन जोड्ने क्रममा ३ चौका हिर्काए । घिमिरेले पनि ५ चौका हाने । घिमिरे जे४ स्पोर्टस म्या अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा टप्स माथि डकवर्थ लुईस पद्धतिको आधारमा फाईनल प्रवेश गरेको छ ।

पानी पर्नु अघि टप्सले ९९ रन बनाई १०० रनको लक्ष्य हिमालयन बोर्डिङलाई दिएको थियो । हिमालयनले पनि १३ ओभर खेल्दै ७ विकेटको क्षतिमा ५२ रनमा खेलिरहँदा पानी परेपछि खेल स्थगित गरिएको थियो । कटअफ टाईम समेत पानी नरोकिएपछि खेल डकवर्थ लुईस पद्धतिमा गरिएको थियो । जसमा टप्स १२ रनले विजयी हुदैं फाईनल प्रवेश गरेको न ह्वाई वरी इभेण्ट म्यानेजमेन्ट प्रालिका निर्देशक विधान श्रेष्ठले जानकारी दिए । जे४ स्पोर्टस म्यान अफ दि म्यान भने टप्सका बसन्त गुरुङले घोषित भए । फाईनलमा उपाधिको लागि प्रतिभाले टप्स माविसँग खेल्ने छ । विजेता विद्यालयले नगद २५ हजार रुपैयाँ र उपविजेता विद्यालयले १५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

कमेन्टहरु
Loading...