साउथ एशियन सेभेन ए साइड फुटबलमा भुटान र पाकिस्तान विजयी

पोखरा, ३० पुस/पोखरामा जारी साउथ एशियन सेभेन ए साइड फुटबलमा पाकिस्तान र भुटान विजयी भएका छन् । नेपाल सेभेन ए साइड फेडेरेशनको आयोजनामा भएको प्रतियोगितामा भुटानले भारतलाई र पाकिस्तानले माल्दिभ्सलाई हराए ।

दोस्रो दिनको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ । पराजितसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमै पाकिस्तानले माल्दिभ्स विरुद्ध गोल गर्यो । खेलको २२ औं मिनेटमा समीले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पाकिस्तानलाई २—० गोलको अग्रता कायम दिलाए । वालिदले सेकेण्ड बार च्याप्दै गोल गरेका थिए ।

पहिलो हाफमा पछि परेको माल्दिभ्सले दोस्रो हाफमा सुधारिएको खेल पस्कदैं खेलको ३३ औं मिनेटमा गोल फर्काए । बी जोनले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिस गरेपनि सम्भव भएन् । पराजयसँग प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

दोश्रो खेलमा भुटानले भारतलाई २–० को गोल अन्तरले पराजित गर्यो । भुटानको जितमा राकेश दास र गाईहम रोङमाईले एक एक गोलको योगदान दिए ।

प्रभु बैंकको प्रायोजनामा आयोजित बाह्रौ प्रभु बैंक दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता विजेता टोलीले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छ ।

कमेन्टहरु
Loading...