सराङ्गकोट पर्यटन महोत्सवको अघि पोखरा सराङ्गकोट मिनी म्याराथुन हुने

पोखरा, २६ साउन /भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना हुने भएको छ । महोत्सव मुल आयोजक समितिले भदौ १४ गते पोखरादेखी सराङ्गकोटपसम्म करिब दश किलिमटिर मिनी म्याराथुन आयोजन गर्ने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना गरिएको प्रतियोगिता संयोजक हरि बहादुर ढकालले जानकारी दिए ।
मिनी म्याराथुन पोखरा बागलुङ्ग बसपार्कदेखि सराङ्गकोट टप सम्म करिब दश किलोमिटरको हुनेछ । पर्यटक दौडको रुपमा संचालन गरिने मिनी म्याराथुन विहान ७ बजे आरम्भ हुनेछ । मिनी म्याराथुनमा स्वदेशी तथा विदेशी धावकहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई दश हजार, द्धितृयलाई सात हजार र तृतीयलाई पाँच हजार नगद पुरस्कार रहेको छ भने । सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरीने टोल विकास समन्वय समितिका संयोजक शुसिल जिसीले बताए । मिनी म्याराथुनमा सहभागि हुन इच्छुक खेलाडीले नाम दर्ता गराउदा नागरिकताको प्रतिलिपी, दुई वटा पासपोर्ट साइजको फोटो र दुई सय रुपैयाँ शुल्क बुझाउन पर्ने आयोजकले जनाएको छ ।

सराङ्गकोट टोल विकास संस्थाको मुख्य आयोजना तथा सराङ्कोट समाज सेवा युवा क्लब, स्मृति युवा क्लब र सराङ्कोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव हुन लागेको हो । मिनी म्याराथुनमा कास्की जिल्ला खेलकुद विकास समिति र जिल्ला एथ्लेटिक्स संघ कास्कीको सहयोग रहनेछ । मौलिक कला, संस्कृति र सराङ्कोटको पहिचानलाई संसार भर फैलाउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएका छन् । सराङ्ककोटबाट पोखराको बजारलगायत अन्नपूर्ण, धौलागिरि र माछापुछ्रे लगायतका हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

कमेन्टहरु
Loading...