सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ४४ रन हरायो

पोखरा, १ जेठ/सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबमाथि ४४ रनको पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालित क्लबस्तरीय राउण्ड रोविन क्रिकेट लिगको सांग्रिलाले दुई जित र दुई हारसँगै ४ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार टस जित्दै व्याटिङ गरेको सांग्रिलाले ३०.४ ओभर खेल्दै ११९ रनको योगफल तयार पार्यो । कप्तान विपिन खत्रीले विष्फोटक व्याटिङ गर्दै ६० रन जोडे । उनले ७० बल खेल्दै दुईचौका र ४ छक्का हान्दै सांग्रिलाको इनिङ सम्हाले । सुदिप पौडेलले १६ रनमा पेभिलियन फर्किए ।

उनले २१ बल खेल्दै दुई चौका हिर्काए । राजु खनालले भने ११ रनको योगदान दिए । अरण्यज्योतिका हरि चौहानले ३ विकेट लिए । अब्दुल खालिदले दुई विकेट आफनो नाममा लेखाए । मंगलबार ४० ओभरको खेल खेलाईएको थियो । १२० रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ७५ रनमै समेटियो । कप्तान विधान श्रेष्ठ र हरि चौहानले (समान २३ रन बनाए । चौहान नटआउट रहे । अन्य व्याट्सम्यान भने सस्तैमा क्रिजबाट बाहिरिए ।

विपिन खत्रीले ५ विकेट लिए । उनी पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरे । अर्का खेलाडी मेघबहादुर सेनले ३ विकेट लिए । लिग अन्तर्गत आज बुधबार पोखरा क्रिकेट एकेडेमीले माछापुच्छ« क्रिकेट क्लबसँग खेल्ने छ । लिगको अन्तिम खेल भने पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...