सहारा क्लवलाई संगम कपको उपाधि, उत्कृष्ट खेलाडी सहाराका हेमन गुरुङ

पोखरा ७, पुस/पोखराको सहारा क्लवले छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ को उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाईनल खेलमा सहाराले बाजापाटन (बी) थटीनलाई सडेन डेथमा पन्छाउदै उपाधि हात पार्न सफल भएको हो ।

४०/४० मिनेटको निर्धारित समय र थपिएको १०/१० मिनेटको अतिरिक्त समयमा दुबै तर्फ गोल हुन नसके पछि टाइब्रेकरमा धकेलिएको खेलमा पनि दुबै तर्फ ४/४ गोलले खेल बराबरीमा टुंगिए पछि निर्णायकको अन्तिम विकल्प खेल सडेन डेथबाट टुंगो लागेको हो । टाईब्रेकरको सडेन डेथमा ९–८ को गोल अन्तरले सहाराले जित हासिल गरेको हो । सेडेन डेथमा बी थटीनका विश्वास श्रेष्ठले प्रहार गरेको सुट बाहिरिदा सहाराले जित हासिल गरेको हो । सहाराका साहिद मरादिनले सडेन डेथमा प्रहार गरेको वल गोल भएको हो ।

टाईब्रेकरमा सहाराको तर्फबाट सुसान गुरुङ, विजय श्रेष्ठ, लक्षमण जिसी, हेमन गुरुङले गोल गरेका थिए । सहाराका फुर्वा लामाले प्रहार गरेको वल क्रस वारमा लागेर ड्रव हुदै बाहिरिएको थियो । सडेन डेथमा सहाराका मान बहादुर तामाङ, रन्दिप पौडेल, त्रिदेव गुरुङ, राजकुमार श्रेष्ठले गोल गरेका हुन । खेलमा म्यान अफ दी म्याच सहाराका त्रिदेव गुरुङ घोषित भए ।

त्यस्तै बी थटीनका अब्बा, विश्वास श्रेष्ठ, चिवा र दिलिप क्षेत्रीले टाइब्रेकरमा गोल गरे भने सुनिल विकेले गोल गर्न चुके । विकेले प्रहार गरेको वल विपक्षि गोल रक्षक दिपेश यादवको बचाउ गरे । उनको हातबाट फुत्केर बल बार हुदै बाहिरिएको हो । सडेन डेथमा बी थटीनका नौराज गुरुङ, रविन केसी, हरी गुरुङ, विरेन्द्र गुरुङले गोल गरे । विजेता टिमले उपाधि सहित एक लाख २५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ। दोश्रो भएको बी थटीनले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगितामा सहाराका हेमन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा बि थटिनका गोलरक्षक दिलिप क्षेत्रि घोषित भएभने, उत्कृष्ट फरवार्डमा सहाराका विजय श्रेष्ठ, उत्कृष्ट डिफेन्समा बी थटिनका हरी गुरुङ, सर्वाधिक गोल कर्ताको उपाधि सहाराका पियुस ह्याड्रिले पाए । उनले र बी थटिनका अब्बाले प्रतियोगितामा ४÷४ गोल गरे पनि कम समय खेलेर ४ गोल पुराएका सहाराका ह्याड्रियलाई आयोजकले उक्त उपाधि दिएको हो। भद्रकालिको समुह भने प्रतियोगिताकै अनुसासित टिम घोषित भएकोछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिएको हो ।

विजयी खेलाडीहरुलाई कास्कीका सांसद मन बहादुर गुरुङ, क्षेत्रिय फुटवल संघका अध्यक्ष खेम बहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दर्शन लामा , क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष एवं क्लवका बरिष्ठ सल्लाहकार सुनिल गुरुङ, सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङ, श्री गणेश तथा भद्रकालि सेवा समितिका अध्यक्ष टिका बहादुर कार्की, पर्यटन व्यावसायि मदन केसी लगायतले पुरस्कार वितरण गरेका हुन ।

सुक्रबार विहान सहारा क्लव र एल.जी. एशोसियसन बिच भएको दोश्रो सेमिफाईनल खेलमा सहाराले २–० ले जित हासिल गरेको हो । सहाराको जितमा म्यान अफ दी म्याच घोषित त्रिदेव गुरुङ र रन्दिप पौडेलले एक एक गोल गरेका हुन । यसै बिच सुक्रबार भएको पत्रकार र संगम क्लवको भेट्रान्सको टिम बिचको खेलमा ६–१ को गोल अन्तरले भेट्रान्स टिम विजयी भएको क्लवका सदस्य धिरज तामाड्डले बताए ।

पुष १ गते देखि संचालन भएको उक्त प्रतियोगितमा एपिएफ सहितका २३ टिमको सहभागिता रहेकोे थियो । यस अघि क्लवले सेभेन ए सार्यड फुटवल प्रतियोगिता गर्दै आए पनि यस बर्ष देखी फुटवल आयोजना गरेको हो । फुटवल खेलको विकासको लागि फुटवल आयोजना गरिएको क्लवका अध्यक्ष मायाले बताए ।

कमेन्टहरु
Loading...