सन्दीप लामिछाने (IPL) आइपिएलमा फेरि दिल्ली डेयरडेभिल्सबाट खेल्ने

काठमाडौ, ३० कात्तिक / नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (IPL) (आइपीएल) मा आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ ।

गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई अर्को सिजनका लागि पनि दिल्लीले टिममा राख्ने जनाएको छ ।

आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिर सहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा सन्दीप सहित ५ विदेशी खेलाडीलाई दिल्लीले टिममै राखेको हो ।

गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारूमा अनुबन्ध गरेको थियो । यस पटक कति रकममा अनुबन्ध गरेको भने खुलाइएको छैन । तर रिटेन गर्दा प्राय पहिलेकै मूल्य हुनेछ । तर, क्लबसँगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ ।

कमेन्टहरु
Loading...