Ganthan News Pokhara
All news from Pokhara & around

सन्दीप लामिछाने आईसीसीको विश्व ११ टोलीमा छनौट

0

पोखरा, २ जेठ /नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न टोलीमा छानिएका छन् । मे ३१ मा हुने आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग २०–२० क्रिकेट खेलमा छनौट भएका हुन् ।

सो प्रतियोगितमा खेल्न सन्दीप विश्व ११ को टोलीमा परेको आईसीसीले जनाएको हो। प्रतियोगिता इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुनेछ ।

हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल प्रतियोगिता हुन लागेको हो । पहिलो पटक नेपाली खेलाडी विश्व ११ को टोलीमा परेका हुन्।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...