खेलाडीको भावना र हितका लागि काम गर्छु काबा-अध्यक्ष श्रेष्ठ

पोखरा, २४ असार /कास्की जिल्ला खेलाडी संघले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठलाई आइतबार एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

सो अबसरमा बोल्दै काबा अध्यक्ष आफू एक खेलाडी भएकाले संधै खेलाडीको हितका बारे काम गर्ने बताएका छन । उनले भने –“खेल क्षेत्र बाटै आएको हुनाले खेलाडीको पिर मर्का राम्रै संग बुझेको छु र संधै उनीहरुको पक्षमा काम गर्छु ।” काबा अध्यक्ष श्रेष्ठले आफ्नो पदावधी रहे सम्म यस क्षेत्रको खेल बिकासका लागि अहोरात्र खटेर काम गर्ने बताए ।

आफ्नो कार्यकाल खेलाडीलाई आइपर्ने समस्याको अन्त्य संगै खेलकुद पूर्वाधार बिकास नै रहेको उनले बताए । कार्यक्रममा कास्की जिल्ला खेलाडी संघका अध्यक्ष दिपक गोदारले श्रेष्ठलाई स्वागत गर्दै काबा अध्यक्ष श्रेष्ठले खेलाडीलाई परेका समस्या प्रति सम्वोधन गर्न आग्रह गरे । खेलाडीलाई तालिम संगै आवश्यक पर्ने खेल सामाग्रीहरु उपलव्ध हुन सके खेलाडीले परिणाममुखी नतिजा दिन सक्ने उनले बताए ।

सो अबसरमा कास्की जिल्ला खेलकुद बिकास समितीका सदस्य द्वय दिपक तिमिल्सिना र अजय पराजुली तथा खेलाडी संघका सल्लाहकार सुरेन्द्र गुरुङ, उपाध्यक्ष जिवन मल्ल, कोषाध्यक्ष राजेन्द्र तामाङ, सदस्य धन लामा, क्षेत्रिय खेलकुदका डिबी नेपाली लगाएत अन्यको उपस्थिती रहेको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल अमेरीका गए पछि असार ११ गते बाट श्रेष्ठले कार्यबाहक अध्यक्षको रुपमा पदाशिन भएका हुन ।

कमेन्टहरु
Loading...