संगम र सत्य शुभकामना कपको क्वाटर फाइनलमा

पोखरा, ४ वैशाख/ हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा संगम युवा क्लब र सत्य युवा क्लब वाँझापाटन क्वाटर फाइनलमा प्रवेश गरेका छन्। सोमबार पहिलो खेलमा स्याङ्जा– ११ स्याङ्जाले वाक ओभर दिएपछि संगम युवा क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो।

सोमबार नै भएको दोस्रो खेलमा सत्य युवा क्लब वाँझापाटनले खैरेनीटार युवा क्लब खैरेनीटारलाई ६–१ गोल अन्तरले पराजित ग¥यो। सो खेलमामा सत्य युवा क्लबका विदेशी खेलाडि सामसुर्कले ह्याट्रिक गर्दा अजय विकले दुई र प्रविन गुरुङले एक गोल गरे। खैरेनीटार युवा क्लब खैरेनीटारको तर्फबाट विजय आलेले सान्त्वना गोल गरे। उक्त खेलमा सत्य युवा क्लबका सामसुर्क म्यान अफ दि म्याच घोषित भए।

यो खेल सगै पहिलो चरणका खेल सकिएका छन्। मङ्गलबार देखि क्वाटर फाइनलका खेल हुने हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए। मङ्गलबार पहिलो क्याटर फाइनल खेल आयोजक हेमजा युनाइटेड र लेकसाइड क्लब तथा दोस्रो खेल विष्णु पादुका क्लब हेमजा र सहारा क्लब पोखराबीच हुने क्लबका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

कमेन्टहरु
Loading...