सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रतिभा छनौट समिति गठन

पोखरा, १४ भदौ/सहारा क्लब पोखराले १० बर्ष अगाडि स्थापना गरेको खेलकुद पत्रकारिता पुरस्कार सहारा खेलकुद पत्रकारिता पुरस्कारको एघारौं संस्करण प्रदान गर्ने उद्देश्यले गठित प्रतिभा छनौट समितिको बैठक सम्पन्न भएको छ । अंग्रज एवँ वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा बसेको बैठकले प्रतिभा छनौट समितिको संयोजकमा नारायण कार्कीलाई नै चयन गर्ने निर्णय गरेको छ ।

बैठकले पुरस्कारको निम्ति मापदण्ड बनाउदै कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा पनि ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध भएको हुनुपर्ने, प्रतिभा छनौट समितिका सदस्य पुरस्कारको निम्ति योग्य नहुने, खेलकुद पत्रकारिता (विट जर्नालिजम) लाई उच्च प्राथमिकता प्रदान गरिने, छापा तथा विद्युतिय पत्रकारितामा संग्लन हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म क्रमशःकुलचन्द्र न्यौपाने,२०६४ धन बस्नेत,२०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराललाई पुरस्कारद्धारा सम्मानित भइसकेका छन् ।

प्रतिभा छनौट समितिमा नारायण कार्की, पत्रकार महासंघ, कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, कास्की जिल्ला खेलकुद विकास समितका अध्यक्ष यम बहादुर गुरुङ्ग, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक, क्लबका सल्लाहकार सभापति विक्रम थकाली , अध्यक्ष वीरभद्र आचार्य र महासचिब केशब राज बराल समेतको ७ सदस्यीय प्रतिभा छनौट समिति निर्माण गरिएको छ । उक्त पुरस्कार सहारा क्लबको आगामी १८ औं बार्षिकोत्सव भाद्र ३० गते प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...