सहारा क्लब पोखरालाई १२ लाख सहयोग

सागर राज तिमिल्सिना
पोखरा, ६ कार्तिक/सहारा क्लब पोखरालाई १२ लाख रुपिया“ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । बुधबार सहारा एकेडेमी दोविल्ला आयोजित विशेष कार्यक्रममा सहारा क्लब हङकङ तथा एनआरएन हङकङका विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

sahara helpसहारा क्लब हङकङबाट १० लाख, गैर आवासिय नेपाली संघ हङकङका अध्यक्ष दुर्गा गुरुङले एक लाख, हङकङस्थित नेपाली व्यवसायीहरुको छाता संगठन च्याम्बर अफ कर्मसका अध्यक्ष दासुराम पराजुलीले र लुम्बिनी पिस टुर्स एण्ड ट्राभल्सका बुद्धराज ढकालले सयुक्त रुपमा २५ हजार, एनआरएन हङकङकी महासचिव शान्ती राईले २० हजार, एनआरएन हङकङकी उपाध्यक्ष टिका गुरुङले २० हजार तथा अन्य व्यक्तिविशेषले गरी १२ लाख रुपिया“ क्लबका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका थिए ।

सहारा क्लब हङकङले हङकङ सा“झबाट २० लाख रुपिया“ बचत गरेको थियो । ‘सहारा क्लबले शुरुवात गरेको अक्षयकोषमा आगामी दिनमा पनि सहयोग गर्ने सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए । एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष गोपीबहादुर भट्टराई, क्लबका मानार्थ सदस्य महेश गुरुङ, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली लगायतले सहाराले गरेको गतिविधि निकै सह्रानिय रहेको उल्लेख गरेका थिए ।

वि.स. २०६३ सालमा पोखरा उपमहानगरपालिका १७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरीद गरी शुरु गरिएको एकेडेमीको पुर्वाधार क्लबले तयार बनाईसकेको छ । अहिले नौ जिल्लाका १७ बालकलाई एकेडेमी रहेका छन् । मैदान र एकेडेमी भवनको लागि क्लबले झण्डै दुई करोड रुपिया“ खर्च गरेको थियो ।

तस्वीर ः सुर्दशन रन्जित

कमेन्टहरु
Loading...