सहारा एकेडेमी सहयोगार्थ पोखरामा च्यारिटी फुटबल हुने

पोखरा, १७ फागुन /पोखराको सहारा एकेडेमीमा २८ जना बालक छन् । तिनै बालकहरुको सहयोगको लागि शनिबार एफसी केन्ट गोर्खाज युके र कास्की भेट्रान्स बिच खेल हुनेछ । सँग च्यारिटी फुटबल आयोजना गरेको छ ।

च्यारिटी फुटबलमा संकलित रकम एकेडेमीको लागि सहयोग गर्ने प्रतिबद्धता एफसी केन्ट गोर्खाजका अध्यक्ष बुद्धि सुुनुवारले बिहीबार आयोजीत पत्रकार सम्मेलनमा सुनाए । गतवर्ष काठमाडौंमा खेलिएको च्यारिटी फुटबलबाट संकलित दुई लाख रुपैयाँ सिसिआरसी नामक संस्थालाई हस्तान्तरण गरिएको उनको भनाई थियो ।

शनिबार हुने मैत्रीपूर्ण फुटबलमा ४० वर्षमाथिका फुटबलरले प्रतिस्पर्धामा उत्रिने छन् । टिकटदर २ सय, ५ सय र १ हजारको दरका छन् । युकेमा बस्दै आएका चन्द्रबहादुर गुरुङले व्यवस्थापनमा टोली पोखरा च्यारिटी फुटबलको लागि आईपुगेको हो । सन् २०१४ सालमा स्थापित एफसी केन्ट युकेमै आयोजित भेट्रान्स प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ ।

‘कति संकलन हुन्छ यकिन छैन् । तर संकलित रकम स्पटमै हस्तान्तरण गर्ने छौं ।’ अध्यक्ष सुनुवारले भने । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र महासचिव विश्वराज बरालले च्यारिटी फुटबलमा उपस्थितिको लागि सबैसँग आग्रह गरे ।

कमेन्टहरु
Loading...