साग खेलकुदको छनौट खेल्न पोखरेली टेनिस टोली काठमाण्डौतिर

पोखरा, २७ कात्तिक/साग खेलकुदको तयारीमा रहेको राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा ललितपुरस्थित सातदोबाटो टेनिस कम्प्लेक्स राष्ट्रिय टेनिस छनौट प्रतियोगिता खेल्नका लागि पोखराबाट खेलाडी तथा अफिसियल सहितको ९ सदस्यि टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

पाँच विकाश क्षेत्र र तीन बिभागिय टिमविच हुने प्रतियोगितामा भाग लिने पश्चिमाञ्चलका पुरुष खेलाडीहरुमा अभिषेक बाँस्तोला, अनिल शाही, गोपीबहादुर भट्टराई, प्रदिप खड्का र राजन पौडेल रहेका छन् । महिलातर्फ गंगा शर्मा र प्रिती बरालले पश्चिमाञ्चलको तर्फबाट खेल्नेछन् । टिम कोचमा राजु गुरुङ तथा टिम म्यानेजरमा नविन चालिसे रहेका छन् ।

टोलिले पुरुष एकल, डबल्स, मिक्स डबल्स तथा टिम इभेण्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । टोलिलाई संघका सल्लाहकार समिर शेरचन र सचिव लोक गुरुङ्गले शुभ–कामना सहित पोखराबाट बिदाई गरेका थिए ।

कमेन्टहरु
Loading...