साग अन्तरगत पोखरामा हुने खेल कहिले हुने, यस्तो छ तालिका

पोखरा, २० कात्तिक / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत काठमाडौ र पोखरामा एकैपटक सुरु हुँदैछ । सागको विशेष उद्घाटन मंसिर १५ गते हुने भए पनि केही खेलहरु भने उद्घाटन अगावै सुरु हुने तालिकामा देखाइएको छ ।

साग अन्तरगत कुल २८ खेल हुनेछन जस मध्ये पोखरामा ९ खेल हुनेछन । मंसिर १५ गते काठमाडौ र पोखरामा एकैसाथ सागको विधिबत उद्घाटन गरिनेछ । पोखरामा आयोजना हुने प्याराग्लाइडिङ खेल मंसिर १४ देखि मंसिर २३ गते सम्म हुने तालिका छ तर प्याराग्लाइडिङ खेल हुने नहुने बारे अझै टुङ्गो लागि सकेको छैन । कुल ८ वटा पदक भएको यो खेल नहुने हो भने नेपाललाई पदक सख्यामा निराशा व्योर्हनुपर्नेछ ।

पोखरामा यस अघि अन्तर्राष्ट्रियस्तरका प्याराग्लाइडिङ प्रतियोगिता भन्दै वर्षेनी आयोजना भए पनि सागका बेला भने अन्यौलता छाउनु खेलप्रेमीहरु र खेलाडीले अचम्भ मानेर हेरेका छन । तर राखेप र नेपाल ओलोम्पिक कमिटीले प्याराग्लाइडिङ गर्न आफ्नो तर्फ बाट पहल गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । नेपाल जस्तै गरि अन्य दक्षिण एसियाली मुलुकमा खेलाडीहरु भए पनि आधिकारिक रुपमा संघ दर्ता नहुँदा समस्या उत्पन्न भएको हो ।

यसै गरि पोखरामा हुने साग खेल मध्ये व्याडमिन्टन खेल मंसिर १५ गते बाट पोखरा स्थित व्याडमिन्टन कभर्डहलमा हुने छ । यसै गरि मंसिर १६ गते महिला क्रिकेट पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा आयोजना हुनेछ । यसै गरि आर्चरी खेल महिला र पुरुषको पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा मंसिर १७ सुरु हुनेछ । यसै गरि पोखरामा हुने साग अन्तरगतको महिला फुटबल मंसिर १९ बाट सुरू भएर समापन मंसिर २४ गते हुनेछ ।

पोखरामा खेल हुने मध्ये ह्याण्डबल खेल महिला पुरुषको मंसिर १८ गते बाट सुरू हुनेछन । दुई वटा स्वर्ण पदकका लागि हुने खेलमा ६ वटा राष्ट्रको सहभागिता हुनेछ । पोखराको वहुउद्धेश्यिय कभर्डहलमा हुने ह्याण्डबल खेलका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोलीले विगत ३ महिना देखि प्रशिक्षणमा व्यस्त छ ।

साग अन्तरगत सबैभन्दा पहिला भलिबल महिला पुरुषको खेल कार्तिक २७ गते बाट त्रिपुरेश्वर स्थित कभर्ड हलमा सुरू हुनेछ । भलिबल खेल अन्य खेलको दाँजोमा सबै भन्दा पहिला सुरू हुने मध्येको एक हो । यसै गरि उशु खेल मंसिर १३ गते बाट लगनखेल स्थित आर्मी कभर्ड हलमा हुनेछ ।

यसै गरि बिच भलिबल र भारोत्तोलन खेल मंसिर १९ गते बाट पोखरामा हुनेछन । विच भलिबल पोखराको बाराहीघाट स्थित विच भलिबल कोर्टमा हुनेछ भने भारोत्तोलन खेल पोखरा माटेपानी स्थित केसी क्याटरिङको हलमा हुनेछ ।

साग अन्तरगत सबैभन्दा पहिला भलिबल महिला पुरुषको खेल कार्तिक २७ गते बाट त्रिपुरेश्वर स्थित कभर्ड हलमा सुरू हुनेछ । भलिबल खेल अन्य खेलको दाँजोमा सबै भन्दा पहिला सुरू हुने मध्येको एक हो । यसै गरि उशु खेल मंसिर १३ गते बाट लगनखेल स्थित आर्मी कभर्ड हलमा हुनेछ ।

कमेन्टहरु
Loading...