सागको पाचौं दिन नेपाललाई ३ पदक

सन्देश श्रेष्ठ/भारत, सिलोङ, २६ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को पाचौं दिन आज नेपालले ५ पदक प्राप्त गरिसकेको छ । नोपलले उसुमा एक रजत तथा भारत्तोलन र टेबलटेनिसमा एक÷एक काश्य जितेको हो ।
सिलोङमा आज भएको उसु तर्फको कुन्चुमा नेपालका विश्व बुढामगरले रजत पदक जितेका छन् । आज भएको फाइनलमा उनी भारतीय खेलाडी चिराग शर्मा भन्दा ०.३० अंकले पछि परेपछि रजतमा चित्त बुझाउनु परेको हो । मगरले ९.०१ अंक प्राप्त गरे भने स्वर्ण जितेका भारतका चिरागले ९.३१ अंक प्राप्त गरे ।

आज भएको भारत्तोलन प्रतिष्पर्धामा नेपाली तारादेवी पुनले काश्य पदक जितेकी छन् । स्न्याच तर्फ ७० केजी र क्लिन एण्ड जर्क तर्फ ९५ केजीसहित कुल १६५ केजी उचाल्दै काश्य जितेकी हुन् । सो स्पर्धामा भारतले स्वर्ण जित्यो ।

यस्तै आज भएको टेबलटेनिस प्रतिष्पर्धामा नेपालले काश्य पदक प्राप्त गरेको छ । महिला तर्फको टिम इभेन्टमा भारतसँग भएको प्रतिष्पर्धामा नेपाल ३÷० को सेटमा पराजित भएपनि काश्य प्राप्त गरेको हो । भारतले नेपाललाई ११–५, ११–६ र ११–७ ले पराजित गर्दै फाइनल प्रवेश ग¥यो । टेबलटेनिसमा सेमी फाइनलमा पराजित भएपनि काश्य पदक दिइन्छ ।

राजेश फाइनलमा, कम्तिमा रजत पक्का

यसैबीच, नेपालका राजेश चौधरी सान्सु तर्फको ५६ केजी तौल समूहमा फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमीफाइनल प्रतिष्पर्धामा श्रीलंकन खेलाडीलाई पराजित गर्दै राजेश फाइनलमा प्रवेश गरेका हुन् । स्वर्ण पदकका लागि राजेशले भोलि भारतीय खेलाडीसँग प्रतिष्पर्धा गर्नेछन् । कथमकदाचित फाइनल नजितेपनि उनको रजत पदक भने पक्का भएको छ ।

कमेन्टहरु
Loading...