पोखरामा वैशाख तेस्रो साता दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने

पोखरा, १६ बैशाख/नेपाल योग खेलकुद संघको आयोजनामा वैशाख तेसो साता पोखरामा दोस्रो दक्षिण एशियाली योगखेलकुद प्रतियोगिता हुने भएको छ । वैशाख २१ देखी २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा करिब ३ सय खेलाडीले भाग लिने आयोजकले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ देशका खेलाडीले भाग लिने संघका महासचिब चुडामणि खरेलले जानकारी दिए ।

प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारतबाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तानबाट ६, पाकिस्तानबाट ४, बंगालादेशबाट ४ जना खेलाडी नेपाल आउने उनले बताए । नेपालका विभिन्न उमेर सुमहबाट कुल १ सय १० जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन् । उनका अनुसार मलेसियाबाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आउने छन् ।

यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्डबाट अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु नेपाल आउने उनले जानकारी दिए । प्रतियोगितामा उमेर समुहरु मध्ये अण्डर ११, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिला गरि ६ स्वर्ण, त्यसैगरि १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरु बिच छुट्टा–छुट्टै इन्डिभिजुल र टिममा ८ स्वर्ण गरि कुल १४ वटा स्वर्ण रजत र कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरि सबै समुहबाट उत्कृष्ट पुरुषलाई साउथ एशिया योग र महिलालाई साउथ एशिया योगिनी गरि थप दुई जनालाई २ स्वर्ण सहित सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र सहित नगद पुरुस्कारहरु प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यो पोखराको मेगा इभेन्ट भएको बताए । कायक्रममा संघका केन्द्रिय सदस्य लक्ष्मण योगी, जिल्लाका अध्यक्ष प्रकाश बानिया लगाएतले प्रतियोगिता बारे जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...