सफल कपमा फाईनल प्रबेशको लागि मनाङ र आर्मी भिड्दै

पोखरा १३ कार्तिक । पोखरामा जारी सफल पोखरा कपमा आजदेखि सेमिफाईनल चरणका खेल सुरु हुदैछ । पहिलो सेमिफाईनल खेलमा आज मनाङमस्र्याङदी क्लब र आर्मी भिड्दैछन् । फाईनल प्रबेशको लागि यी दुई टिमको खेल दिउसो साढे २ बजे पोखरा रंगशालामा सुरु हुनेछ ।

क्वाटरफाईनलमा आर्मीले हिमालयन शेर्पा र मनाङले जावलाखेललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । अघिल्लो बर्षको बिजेता मनाङ उपाधि दोहो¥याउने लक्ष्यको साथ मैदान उत्रने छ भने पहिलो सफल कपको उपबिजेता आर्मी ईतिहास रच्ने धुनमा छ ।
मछिन्द्र क्लबलाई १–० ले हराउदै मनाङले अघिल्लो बर्ष उपाधि उचालेको थियो । आर्मी पहिलो संस्करणको फाईनलमा पाहुना टोलि धनमुण्डीसंग पराजित हुदा उपबिजेतामा सिमित भएको थियो ।
आर्मीलाई मनाङ मस्र्याङदीसंग आजको भेट गोर्खा कपको बदला लिने अबसर समेत हुनेछ । ५ महिना अघि काठमाण्डौमा भएको गोर्खाकपको फाईनलमा आर्मी मनाङसंग ४–१ ले पराजित भएको थियो ।
आजको बिजेताले उपाधि होडमा नेपलिज फुटबल एसोसिएसन हङकङ र थ्रिस्टारबिच भोलि हुने खेलको बिजेता संग भिड्नेछ । एन्फा कास्कीको आयोजनामा जारी प्रतियोगिताको फाईनल खेल कार्तिक १६ गते हुनेछ ।

कमेन्टहरु
Loading...