कास्कीको रुपामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

पोखरा, १३ फागुन/ कास्कीको रुपा गाउँपालिकाले फागुनको चौथो साता अध्यक्ष कप भलिवल प्रतियोगिता गर्ने भएको छ ।

रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा फागुन २४ गतेदेखी २७ गतेसम्म रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्ने पोखरी खेल मैदानमा ‘प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता’ आयोजना गर्ने भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका स्थानिय तहहरुले सहभागिता जनाउने आइतबार आयोजित पत्रकार सम्मेलनमा रुपा गाउँपालिकाका अध्यक्ष नवरोज ओझाले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । त्यस्तै, सान्तवना हुने एक टिमलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनको भनाई छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित एक थान ट्रयाक सुट र उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट लिब्रोलाई नगद ३ हजार तथा अनशासित एक टिमलाई मायाको चिनो प्रदान गरिने उनले बताए ।

नकाउटका आधारमा खेलाइने प्रतियोगितामा सबै खेलाडी गाउँपालिकाको अनिवार्य हुनुपर्ने शर्त राखिएको छ । समापन गाउँपालिकाको भाँकी प्रदर्शनी हुने छ । झाँकी प्रदर्शनीमा प्रथम हुनेर्ला २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार तथा झाँकीमा सहभागि सबै टीमलाई ५/५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...