नेपालगञ्जमा राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

खेल पर्यटनको सम्भावना धेरै छ ः राष्ट्रपति भण्डारी

नेपालगञ्ज, ६ वैशाख /नेपालगञ्जमा औपचारिक रुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश नम्बर ५ को बांके स्थित नेपालगन्जको खेल मैदानमा विहिबार देखि सुरु भएको उक्त प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गरिन् ।

कार्यक्रममा वोल्दै राष्ट्रपति भण्डारीले नेपालमा खेल पर्र्यटनको अथाह सम्भावना भएको बताइन् । नेपाल प्राकृति र संस्कृतिको धनि भएको उल्लेख गर्दै उनले नेपालमा विभिन्न हावा पानी भएकोले नेपालमा खेल पर्यटनको उतिकै सम्भावना भएको बताएकी हुन्। खेलकुदको विकास गर्न स्थानिय तहबाटै लाग्नु पर्ने बताउदै राष्ट्रपति भण्डारीले बिद्यालयस्तरबाटै विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रयपति भण्डारीले राज्यको सिमित श्रोतसाधनका बाबजुत पनि खेल क्षेत्रमा लगानी गर्दै आएको बताइन् । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नेपालगन्ज रंगशालामा संचालन भएको उद्घाटन सत्रमा ७ प्रदेश, तीन विभागिय, गैरआवासिय नेपाली संघ (एनआरएन) का खेलाडीहरुले मार्च पासमा सहभागि भएका थिए । विभिन्न संघ संस्था सहित विभिन्न जातजातिको झाँकी सहितको पन्चे बाजा समेत मार्च पासको अवसरमा प्रर्दशन गरिएको थियो ।

प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले आफ्नो क्षेत्रमा बृहत खेलकुद आयोजना गर्नुले खेलपुर्वाधारको कोषेढुंगा सावित भएको बताए । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रतियोगिताको झण्डोत्तोलन गरी छोटो समयको बाबजुत पनि नेपालगन्जमा आयोजना भएको उक्त प्रतियोगिताले खेलाडीहरुमा थप हौसला प्रदान हुने विश्वास व्यक्त गरे।

राखेपका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुले अब खेलेर बाच्ने गरी आधार तयार पार्ने योजना ल्याउन लागेको बताए । यही वैशाखको ५ देखि ११ गतेसम्म नेपालगञ्जका विभिन्न स्थानमा हुने प्रतियोगितामा सात वटै प्रदेश, तीन विभागीय नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी वल र पहिलो पटक सहभागि भएको एनआरएनको गरी ११ टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा सहभागिताका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु ३५ वटा खेलमा सहभागिता जनाउने भएको सदस्य सचिव विष्टले जानकारी दिए ।

यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतियोगिताको समापन गर्ने भएकाछन्। फुटवल खेलबाट समापन गरिने भएको छ । गण्डकी प्रदेशको मार्च पासमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको नेतृत्वमा भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

नेपालगञ्जमा शुरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय क्लबहरुकै वर्चस्व रहेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पदक तालिकामा अग्रस्थानमा छ । सेनाले विहीबारसम्म ३४ स्वर्णसहित १७ रजत, २४ कास्य गरी ८५ पदक हात पारेको छ ।

त्यस्तै, दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक हात पारेको छ । अर्को विभागीय सशस्त्रले १५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५३ पदक जितेको छ । प्रदेश नं ३ अंक तालिकाको चौथो स्थानमा छ । प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य गरी ५० पदक हात पारेको छ । गण्डकी प्रदेशले पाँचौ स्थानमा आफूलाई कायमै राखेको छ । गण्डकीले ६ स्वर्ण, ७ रजत र १९ कास्य गरी ३२ पदक जितेको छ ।

कमेन्टहरु
Loading...