राष्ट्रपति रनिङशिल्ड शुरु, कराँतेमा गोरखा टिम च्याम्पियन, पुरुष भलिबल स्थगित

20

पोखरा, २६ असार/ बिहीबारदेखि पोखरा रंगशालामा आयोजित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत कराँते तर्फ गोरखा च्याम्पियन बनेको छ । गोरखाले ३ स्वर्ण पदक जित्दै टिम च्याम्पियन हुदाँ कास्की दुई स्वर्ण, तीन रजत र दुई कास्यसहित दोस्रो र म्याग्दी एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित तेस्रो स्थानमा रह्यो ।

गोरखाका बमिन श्रेष्ठका एकल कातामा , ४० केजी महिला तर्फ भूमिका बस्नेतले स्वर्ण पदक जिते । ४५ केजीमा सुदिक्ष बुढामगर म्याग्दीले स्वर्ण पदक जितिन् । ५० केजीमा अनिता घले गोरखाले स्वर्ण, ४२ केजी तौल पुरुषमा लक्ष्मण पुन बाग्लुङ, ४७ केजीमा विमल थापा तनहुँ, ५२ केजी तौलमा बलराम अधिकारी कास्की, एकल काता महिलामा मसिना राई कास्कीले स्वर्ण पदक जितिकी थिईन् ।

महिला भलिबल तर्फ कास्की फाईनलमा पुगेको छ । कास्कीले लमजुङलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । पुरुष तर्फको प्रतिस्पर्धामा तनहुँ र म्याग्दी बीचको खेल भने उजुरी गरेपछि रोकिन पुग्यो । म्याग्दीले उजुरी दिएको थियो । तनहुँका खेलाडीहरुको उमेर बढी भएको भन्दै उजुरी दिएका थिए । तीन जनामध्ये एक जना उमेर खेलाडी भएको पाईएपछि खेल तनावयुक्त बन्न पुगेको नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार स्याङजा विरुद्ध बाग्लुङले उजुरी दिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रदेशका ११ जिल्लाकै खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको उदघाटन प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु तर्फ विभिन्न इभेण्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । विजेता विद्यालयलाई नगद २० हजार, दोस्रो स्थानमा रहने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई नगद १० हजार रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।