दोस्रो पुष्पलाल स्मृतिखुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधी अृमत र अर्जुनलाई

पोखरा, ७ साउन / पोखरामा जारी दोस्रो पुष्पलाल स्मृतिखुल्ला ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालश्रेष्ठको ३९ औँ स्मृतिदिवसको अवसरमा राष्ट्रिय वाणिज्य संघ कास्कीले प्रतियोगिताको आयोजना हो ।

प्रतियोगिताअन्तर्गत खुल्ला ए र बि तथा भेट्रान ए र बि गरी दुई समूहमा खेलाइएको खेलअन्तर्गत शनिबार सम्पन्न खुल्ला एतर्फको उपाधी अमृत पोखरेल र अर्जुन गिरीको जोडीले हात पा¥यो । दुर्गा बराल र बनमाली आचार्यको जोडीलाई दोस्रो बनाउने क्रममा २१–११,१९–२१ र २१ –१२ ले पाखा लगाउँद्रै पोखरेल र गिरीको जोडीले स्कोर प्राप्त गरेका थिए । प्रतियोगितामा कुशल गुरुङ र सन्तोष मिश्रको टोलीले तेस्रो स्थान प्राप्त ग¥यो ।

यता खुल्ला बिको उपाधीको लागि आशिष श्रेष्ठ र भीम छन्त्यालले १६–२१,२३–२१ र २१–८ स्कोर खडा गरे ।प्रतियोगितामा सुरज राम्जाली र प्रशान्त तामाङको जोडी दोस्रो र अखिलकुमार शाही र टेकबहादुर बस्यालको जोडीले तेस्रो स्थानमा चित्त बुझायो ।  प्रतियोगिताअन्तर्गत ए भेट्रानको उपाधी कब्जा जमाउने क्रममा दीपक मुल्मी र वीरेन्द्र श्रेष्ठले शुशिलकुमार श्रेष्ठ र मीन गुरुङमाथि २१–१७ र २१–६ को सहज जीत निकाले ।

कमल गुरुङ र राम ध्वजु प्रतियोगितामा तेस्रो भए । यसैगरी बि भेट्रानको उपाधी नीलबहादुर गुरुङ र दीनेश थापाले हात पारे । उनीहरुसँग उपाधी प्रतिष्पर्धामा ओर्लिएका रामबहादुर पुन र भक्तबहादुर पुनको जोडी २१–२०, २०–२२ र ८ –२१ अंकका साथ दोस्रो बन्न पुगे । उता तेस्रोको उपाधी भने फत्तसिँह भण्डारी र यज्ञबहादुर बस्नेतको पोल्टामा पुग्यो । प्रतियोगितामा साहसी खेलालीको रुपमा यामकुमारी गुरुङलाई पनि पुरस्कृत गरियो । पुरुष प्रतियोगितमा भाग लिने उनी एक मात्र महिला थिइन । ठाकुर सिग्देललाई लाई अनुशासनतर्फ पुरस्कार दिइयो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई १५ हजार नगद सहितट्रफी मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई नगद १० हजारसहित मेडल र प्रमाणपत्र बितरण गरियो भने तेस्रो स्थान प्राप्तगर्ने टिमलाई मेडल र प्रमाणपत्रसहित २ हजार प्रदान गरियो । विजयी हुने टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथी तथा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले खेलकुद मानिसको स्वास्थ्यको लागि अपरिहार्य रहेको बताउनुभयो ।

खेलकुदमा हुने प्रतिष्पर्धाले आत्मियता बढाउने तथा अर्कालाई सम्मान गर्न सिकाउने उहाँको धारणा थियो । कार्यक्रम तथा आयोजक संस्था राष्ट्रिय वाणिज्य संघ कास्कीका अध्यक्ष संजिवबहादुर कोइरालाले खेलकुद प्रतियोगिता आयोजना गर्ने क्रममा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । छोटो समयमा आयोजना भएको खेलमा ६५ भन्दा बढी टिमको उत्साहजनक सहभागिताले आफू उत्साहित भएको बताउँदै आउँदो दिनमा प्रतियोगितालाई अझ भव्य बनाउने उहाँको प्रतिवद्धता रहेको थियो । संस्थाका सचिव टामलाल घिमिरेका अनुसार प्रतियोगितामा स्याङ्जा र तनहुँका खेलाडीहरुले पनि सहभागिता जनाएका थिए ।

कमेन्टहरु
Loading...