दोस्रो संस्करण पिपिएलको उद्घाटनमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिड्ने

पोखरा, २६ मंसिर / शनिबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दोस्रो सस्करणको नमस्ते पोखरा प्रियिर लिग क्रिेकट (पिपिएल) शुरु हुदैंछ ।

पोखराको क्रिकेट मैदान अबको दुईसाता निकै व्यस्त रहने छ । आवश्यक पुर्वाधार तयार भइरहेको क्वीन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका निर्देशक छुम्वी लामाल जानकारी दिए । उनले पीच मर्मतको अन्तिम चरणमा पुगेको बताए ।

आउट फिल्डसहित बाउण्ड्री बनाईएको छ । झण्डै वर्षदिनको प्रतिक्षा सकिदैै छ । ६ फरक शहरका फ्रेन्चाईज टोलीले टी–२० प्रतिस्पर्धाको लागि मैदान उत्रिने तयारीमा छन् । उदघाटन खेल साविक विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन्ससँग खेल्ने छ । गतवर्ष भने काठमाडौं रोयल्सको नामबाट पहिलो संस्करण खेलेको थियो ।

पहिलो संस्करणमा फाईनलमा पोखरा पल्टनले चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । उपाधि उचाल्नु अघि पोखराले काठमाडौं रोयल्सलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

आईतबार दुई खेल आयोजना हुने छन् । क्वीन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दोस्रो दिन विराटनगर टाईटन्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेल काठमाडौै गोल्डेन्सले बुटवल ब्लाष्टर्ससँग खेल्ने छ ।

कमेन्टहरु
Loading...