पिपिएलमा सन्दीप लामिछानेलाई कारबाही

पोखरा, १८ कात्तिक /पोखरा प्रिमिय लिगमा विराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन् । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै कारबाही गरेको हो ।

कारबाही स्वरूप सन्दीपको एक अंक घटाइएको आयोजकले जनाएको छ । पीपीएल क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार चितवन राइनोजविरुद्ध सन्दीपले रेफ्रिको निर्णयमा प्रश्न उठाएका थिए । उनले मैदानमा पटक पटक रेफ्री विनय झा र सञ्जय सिग्देल सँग आपत्ति जनाएको भन्दै उनी कारबाहीमा परेका हुन् ।

खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुव्यबहार जनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपलाई घमण्डी भनेर नारा लगाएका थिए । चितवनसँग ४ विकेटले पराजित हुँदै विराटनगर समूहचरणबाट बाहिरिएको छ ।

कमेन्टहरु
Loading...