पोखरा प्रिमियर लिग क्रिकेट कात्तिक दोस्रो साता, मैदान बनाउदै

सागर राज तिमिल्सिना
पोखरा, २८ साउन /कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) का लागि पोखरा रंगशालामा क्रिकेट मैदान मर्मतसम्भार तीव्र बनाइएको छ ।

क्विन इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा कात्तिक ९ देखि २० गतेसम्म हुने टी २० क्रिकेटको आयोजना गर्न क्रिकेट मैदान निमार्ण काम तिब्र रुपमा भएको आयोजकले जानकारी दिएको छ ।

सोमबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमले सहभागीता जनाउने क्विनस इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

क्रिकेट मैदानमा ४ वटा क्रिकेट पिचको मर्मत सम्भार भई रहेको छ । सेन्टर क्रिकेट पिच सहित दुई वटा बनिसेका छन् भने अन्य दुईवटामा दुबो रोप्न बाकी रहेको लामाले बताए ।

मैदानमा पिच मात्र हैन आउट फिल्ड सम्याउने र बिस्तार गर्ने काम पनि अगाडी बढेको छ । क्रिकेट मैदानलाई फराकी बनाउने काम भई रहेको छ भने फराकी बनाएको मैदानमा माटो हालेर घाँस रोप्ने उनले जानकारी दिए ।

चारैतिर ३ मिटर थपेर अन्तराष्ट्रिय मापदण्डको क्रिकेट आउट फिल्ड बनाइने काम भई रहेको छ । डोजर लगाई थपेको मैदानमा बालुवा र माटो हालेर दुबो रोपिने काम भईरहको छ ।

उपकप्तान ज्ञानेन्द्र मल्ल सहित क्रिकेट मैदानको अवलोन पछि नेपाली राष्ट्रिय टोलीका टिम क्याप्टेन पारस खड्काले क्रिकेट मैदान देखेर खुसी व्यक्त गरे । पाँच वर्ष अगाडी पोखरामा राष्ट्रिय टिमको प्राक्टिस गर्दा भन्दा निकै राम्रो भएको बताए ।

प्याराफिट नभए पछि मैदानको उत्तरतर्फ दर्शक बस्नका लागि अस्थाइ प्याराफिट निर्माण गरिने भएको छ । एक सय फलामे प्याराफिटमा करिब ४ हजार जना दर्शक बस्ने गरी निमार्ण गरिने लामाले बताए ।

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले यस्ता प्रतियोगिताले नेपाली क्रिकेटलाई माथी उठाउने बताए । उनले पोखरामा क्रिकेट मैदानलाई हेर्दा काम गरे हुदो रहेछ भन्ने प्रमाणीत भएको बताए ।

पोखरा, काठमाडौ र भारतका क्युरेटरहरुले अहिले क्रिकेट मैदान निमार्ण गरिरहेका छन् । यसैगरी प्लेयर बक्स, स्कोर बोर्ड, बाउन्ड्रको पनि निमार्ण हुनेछ । मैदान छिटो सकिएमा पिपिएलको यु १६ प्रतियोगिता पनि पोखरामा नै गर्ने तयारी छ ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसद दिपक कोइरालाले प्रतियोगित लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

कमेन्टहरु
Loading...