पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

91

लाइफ टाइम एचिभमेन्ट अवार्ड फुटवल प्रशिक्षक थापालाई

पोखरा, २६ बैशाख/नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक
पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र मंचको कार्यसमिति बैठकले पारित गरेअनुसार लाइफटाइम एचिभमेन्ट अवार्डबाट थापालाई सम्मान गर्न लागिएको हो ।

अन्य ४ विधाका ३÷३ जना मनोनयनमा परेका छन् । उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) महिलातर्फ झरना गुरुङ (उसु), मंजु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल), उदीयमान खेलाडीतर्फ अभिषेक बास्तोला (टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स), उत्कृष्ट प्रशिक्षकमा शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराँते) मनोनयनमा परेका छन् ।

प्रतिभा छनौटका लागि ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिनेछ । मंचका का.वा.अध्यक्ष एवं कार्यक्रम संयोजक सन्देश श्रेष्ठले सिंगो पोखराको इज्जतको रुपमा जोडिएको स्पोर्टस् अवार्ड सफल पार्ने सबैको दायित्व भएकोले सहयोगको अपेक्षा गरे ।  पोखरा सभागृहमा जेठ १ मा दिउँसो ४ बजे सुरु हुने अवार्ड वितरण समारोहको तयारी अन्तिम चरणमा पुगेको प्रचार संयोजक दीननाथ बरालले जानकारी दिए ।

पत्रकार सम्मेलन अवसरमा मलेसियाको क्लारा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराको महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक मीना गुरुङले मंचलाई ६० थान टिसर्ट सहयोग गरिन् । उनले उक्त टिसर्ट मंचका कावा अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्दै खेलकुद पत्रकार मंचले गर्न लागेको कार्यक्रममा आफू पनि एक संचारकर्मी भएको नाताले सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । मंचका का.वा.अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नि.अध्यक्ष विनोद लामिछाने र संचालन सचिव दीननाथ बरालले गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मंच केन्द्रीय समितिको तत्वावधानमा हुने कार्यक्रमको सहयोगी संस्था जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका रहेका छन् । सहप्रायोजकमा क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखरा रहेका छन् । वर्ष खेलाडी पुरुषका लागि कमल गुरुङ, महिलाको लागि मनोकामना आयाल, वर्ष उत्कृष्ट प्रशिक्षकको जि.एस.आर. कंक्रिट पाइप उद्योग र वर्ष उत्कृष्ट नवप्रतिभाको लागि सहारा क्लब पोखरा टाइटल स्पोन्सर हुन् । २०५७ सालमा स्थापित खेलकुद पत्रकार मंच कास्कीमा हाल ४१ जना सदस्य छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

Loading...