आहा रारा गोल्डकपको फाईनलमा थ्रीस्टार र आर्मी भिड्दै, ९० मिनेटमा बराबरी पछि खेल थप समयमा

पोखरा, १८ फागुन/आहा रारा गोल्डकपको १७ औं संस्करणको उपाधि छिनोफानोका लागि अहिले रुस्लान थ्रीस्टार र त्रिभुवन आर्मी क्लब खेली रहेका छन् ।

फाईनलमा इतिहास रच्ने र साख जोगाउने बीच प्रतिष्ठाको लडाईको रुपमा अहिले खेल भईरहको छ । दुबै टोलीले निधारीत ९० मिनेटको खेल एक एक गोल गरेपछि थप सयम ३० मिनेटको खेल भई रहेको छ ।

आर्मीले तीन पटक फाईनल प्रवेश गरेपनि उपविजेतामा चित्त बुझाएरको छ भने थ्रीस्टारले भने चार पटकको विजेता बनि सकेको छ । आर्मीले सातौं, आठौ र चौथो सस्करणको गोल्डकपको फाईनल यात्रा तय गरेको थियो ।

सातौं र आठौंमा नेपाल पुलिसक्लबसँग, मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । थ्रीस्टारले पाँचौ, नवौं, एघारै र तेह्रौं सस्करणको उपाधि उचाली सकेको छ ।

कमेन्टहरु
Loading...