पोखरामा सिनियर अन्र्तराष्ट्रिय ग्रेड–४ टेनिस प्रतियोगिता जारी

पोखरा, ५ असोज / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा आइतबार विभिन्न उमेर समुहका खेलहरु सम्पन्न भएका छन् ।

३५ वर्ष माथिको एकलमा भारतका स्वर्नेस चौधरीले नेपालका अमितसिंह गुरुङ्गलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे । सोही उमेर समुहको अर्को खेलमा पोखराका गिताराज शर्मा चालिसेले अशोक गुरुङ्गमाथि ६–०, ६–० कै सहज नजिता निकाले । ४५ वर्ष माथिको एकलमा पोखराका गोपीबहादुर भट्टराईले काठमाण्डौका शिवप्रसाद सेढाइमाथि ३–६, ६–४ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा जित हाँसिल गरे ।

५५ वर्ष माथिको एकलतर्फ आइतबार भएको खेलमा उत्तमकुमार शेर्पाले पोखराका समिर शेरचनलाई ६–२, ६–१ को सेटमा पराजित गरे । बिमलकुमार गुरुङ्गले पोखराका शरण गुरुङ्गलाई ६–२, ६–२ ले पराजित गरे । त्यस्तै, विकास गुरुङ्गले पदमबहादुर गुरुङ्गलाई प्रतिस्पर्धात्मक खेलमा ६–२, ४–६ र ६–२ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।

५५ वर्ष माथिको डबल्समा पोखराका समिर शेरचन र अनिल तुलाचनको जोडीले काठमाण्डौका मनोज शमशेर राणा र उत्तमकुमार शेर्पाको जोडीलाई ६–३, ६–१ ले पराजित गरे ।

४५ वर्षको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले उत्तम बोगटी र समिर शेरचनको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दै विजयी यात्रा शुरु गरे । त्यस्तै ४५ वर्ष माथिकै डबल्समा पोखराका कुलबहादुर तामाङ्ग र लोक गुरुङ्गको जोडीले विमल गुरुङ्ग र उत्तमकुमार शेर्पाको जोडीमाथि ६–६, ४–६ र सुपरटाईमा ११–९ को रोचक जित दर्ता गराए । सोही उमेर समुहको अर्को खेलमा राजेन्द्रसिंह भण्डारी र करिमुल्ला मुस्लिमको जोडीले पोखराका शरण गुरुङ्ग र पदमबहादुर गुरुङ्गलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे ।

४५ वर्ष माथिकै डबल्समा कमल थापा र च्याम्बा ढुण्डुपको जोडीले पोखराका बसन्त प्रधान र राजेन्द्रप्रसाद घिमिरेको जोडीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । ३५ वर्ष माथिको डबल्समा पोखराका विकास गुरुङ्ग र गिताराज सर्मा चालिसे जोडीले भारतका सञ्जल कुमार र स्वर्णेश चौधरीको जोडीलाई ६–३, ७–५ ले पराजित गरेको प्रतियोगिता संयोजक प्रिति बरालले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...