पोखरामा मावि स्तरिय भलिबल प्रतियोगिता बुधबारदेखी

पोखरा, ८ माघ/पोखरामा बुधबारदेखी सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगिता शुरु हुने भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘प्रथम सृजना कप छात्र/छात्रा भलिवल प्रतियोगिता’ बुधबारदेखी शुरु हुने भएको हो ।

पोखरामा पहिलोपटक हुन लागेको सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । माघ १२ गतेसम्म हुने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको बुधबार दिउँसो १२ः३० बजे औपचारिक उद्घाटन गरिने अध्यक्ष पराजुलीले बताए ।

प्रतियोगितामा ३४ टीम भिड्दैछन् । प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ९ टिमले प्रतिष्पर्धा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार छात्रातर्फ बाल मन्दिर मावि र महेन्द्र मावि भिड्ने भएका छन् । प्रतियोगिताको मंगलबार निकालिएको टाइसिट अनुसार बुधबार नै छात्रातर्फकै गौरीशंकर मावि हेमजा, र तालवाराही मावि बैदाम, कालिका मावि र जनप्रिय मावि तथा सिद्ध बराह मावि र छोरेपाटन माविले प्रतिष्पर्धा गर्नेछन् ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

कमेन्टहरु
Loading...