पोखरामा दोश्रो सृजना कप छात्र/छात्रा भलिबल शुरु

पोखरा, ७ फागुन / पोखरामा बुधबारदेखि सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा प्रतियोगिता शुरु भएको हो । फागुन १० गतेसम्म हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन दिन छात्रतर्फ ८ र छात्रातर्फ ४ गरी कुल १२ खेल सम्पन्न भए । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा शुक्रराज माविले ताल वाराही माविलाई २५–१५ र २५–१० को सोझो सेटमा पराजि ग¥यो । अर्को खेलमा वाराही माविले नवीन माविलाई २५–२२ र २५–२० को सेटमा पराजित ग¥यो ।

त्यस्तै छोरेपाटन माविले जनप्रकाश माविलाई २५–१६, २०–२५ र २८–२६ को सेटमा, शान्त माविले रत्नशोभा माविलाई २५–१५ र २५–१६ को सोझो सेटमा, भद्रकाली माविले गौरीशंकर माविलाई २५–२२ र २५–१८ को सोझो सेटमा पराजित गरे । यसैगरी पार्दी माविले विन्दबासिनी माविलाई १७–२५, २५–२१ र २५–१८ को सेटमा, मेश्रम बराह माविले सिद्ध बराह माविलाई २५–१८ र २५–२१ को सोझो सेटमा तथा माछापुच्छ्रे माविले शुक्ला गण्डकी माविलाई २५–२१ र २५–२२ को सेटमा पराजि गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको छात्रातर्फको खेलमा छोरेपाटन माविले कालिका माविलाई २५–८ र २५–१० को सोझो सेटमा, अमरसिंह माविले बराह माविलाई २५–२३, २३–२५ र २५–२२ को सेटमा, महेन्द्र माविले सिद्ध बराह माविलाई २१–२५, २५–१६ र २७–२५ को सेटमा तथा विन्दबासिनी माविले गौरीशंकर माविलाई २५–१६ र २५–२१ को सेटमा पराजित गरे ।

प्रतियोगिता अन्तर्गत विहीबारपनि ११ खेल हुने कास्की जिल्ला भलिवल संघले जनाएको छ । बुधबार छात्रतर्फ कालिका मावि र जनप्रिय मावि, भद्रकाली मावि र राष्ट्रिय मावि, विन्दबासिनी मावि र शुक्रराज मावि, माछापुच्छ«े मावि र अमरसिंह मावि, लक्ष्मी मावि र छोरेपाटन मावि, मेश्रम बराह मावि र महेन्द्र मावि तथा शान्त माविले कालिका मावि र जनप्रिय माविको बिजेतासँग प्रतिष्पर्धा गर्नेछन् ।

छात्रातर्फ बुधबार जनप्रिय मावि र छोरेपाटन मावि, विन्दबासिनी मावि र जनप्रकाश मावि, शान्त मावि र राष्ट्रिय मावि तथा ताल वाराही मावि र महेन्द्र मावि प्रतिष्पर्धामा उत्रिने संघले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका शुरु भएको प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाएका छन् । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु मात्र सहभागि हुन पाउनेछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेश सिलवालले गण्डकी प्रदेशमा खस्किदै गएको भलिवल खेललाई सुधार्न सुझाव दिए । उनले पोखरा रंगशालालाई अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने र त्यहाँ पुग्दा नेपाल हो कि विदेश भन्ने भान हुने खालको बनाउने बताए ।

राखेप सदस्य राजेशकुमार गुरुङले खेलकुदमा बसेर पैसा खान पल्केकाहरुलाई खेलकुदबाटै लखेटेको बताए । उनले भलिवल कोर्टमा लाइट राख्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसका लागि सदस्यसचिवलाई बजेट पारिदिन आग्रह गरे ।

आयोजक सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले सामुदायिक विद्यालयमा भलिवलको जागरण ल्याउन र कुना कन्दरासम्म भलिवल पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा उपाधि बिजेता छात्र/छात्रा दुबै तर्फकालाई ५०/५० हजार, उपबिजेतालाई ३०/३० हजार र तृतीय हुने विद्यालयलाई १५/१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...