पोखरा रङ्गशाला भित्रको बाटोको सिलन्यास

पोखरा, २२ वैशाख /पोखरा रङ्गशाला परिसरको १ सय १० मिटर लम्बाइ र ४ मिटर चौडाइको कच्ची सडक कालोपत्रेको काम थालनी भएको छ । कालोपत्रे सडकको पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलराम अधिकारीले सिलन्यास गरे ।

पोखरा रङ्गशाला भित्रको बाटोको सिलन्यास
पोखरा रङ्गशाला भित्रको बाटोको सिलन्यास

कालोपत्रे नहुँदा लामो समयदेखि धुलाम्य बनेको सडक कुल १० लाख रुपैयाँको लागतमा कालोपत्रे गर्न लागिएको हो । कुल लागत मध्ये आठ लाख रुपैयाँ पोखरा उपमहानगरपालिका कार्यालयको सहयोग र बाँकी दुई लाख रुपैयाँ जिल्ला खेलकुद विकास समितिको लगानीमा बाटो कालोपत्रे गर्न लागिएको जिल्ला खेलकुद विकास समिति, कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

कालोपत्रे नहुँदा धुलाम्य बनेको सडकका कारण विशेष गरी खेलाडीहरू समस्यामा पर्दै आएका थिए । काम जेठ २५ गतेभित्रमा सक्ने लक्ष्य रहेको छ । कार्यक्रममा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलराम अधिकारी, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतले पोखरा रङ्गशालालाई थप व्यवस्थित गर्दै लैजानका लागि विभिन्न भौतिक पूर्वाधार निर्माणका कामलाई उच्च प्राथमिकता दिने बताए ।

कमेन्टहरु
Loading...