पोखरा रंगशालको वृहत्तर बिकासका लागि महानगरले काम थाल्ने

पोखरा, १८ असार/पोखरा रंगशालाको वृहत्तर बिकासका लागि पोखरा लेखनाथ महानगर पालिकाले काम थाल्ने भएको छ । नेपालकको संविधान अनुसार स्थानिय निकायमा अधिकार प्रत्यायोजन भए पछि अब महानगर भित्र खेलकुदको पूर्वाधार बिकास गर्न अगाडी बढेको हो ।

पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिशीले अब स्थानिय निकायको कानुन बमोजिम खेलकुदको पूर्वाधार बिकासमा अगाडी बढने बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्षलाई आइतबार कार्यकक्षमा बोलाएर पोखरा रंगशालाको गुरुयोजना सहित बहुउपयोगी रंगशाला निर्माणका लागि सुझाब लिएका थिए ।

“अब पनि केन्द्रको मुख ताकेर पोखरा रंगशाला बन्छ भन्ने लाग्दैन” मेयर जिशीले भने–“पोखरा प्रदेश ४ को पनि राजधानी भएकोले यथासिघ्र काम थाल्नु पर्छ ।” मेयर जिशीले अन्य ठाउँमा भन्दा पनि पोखरा रंगशालाको वृहत्तर बिकास होस भन्ने आफूलाई लागेको बताए । सो अबसरमा उपमेयर मञ्जु देबी गुरुङले समेत खेलकुदको पूर्वाधार बिकास हुनुपर्नेमा चासो दिएकी थिइन ।

प्रदेश नं ४ ले प्रदेशको राजधानी प्रदेशमा बहुउपयोगी खेल मैदान बनाउने योजना अनुरुप भौतिक तथा पूर्वाधार बिकास मन्त्रालयले जग्गा माग गरेकोले महानगरले पोखरा रंगशालाको बारेमा बढी चासो दिएको हो । एक चिनिया कम्पनीले प्रदेश ४ का लागि बहुउपयोगी खेल मैदानको पहिलो चरणमा डिपिआर तयार गर्ने भएपछि मन्त्रालयले महानगर संग जग्गा माग गरेको थियो ।

प्रदेशमा एक बहुउद्धेश्यिय खेल मैदान निर्माणका लागि प्रदेश सरकारको आब ०७५–०७६ को निती तथा कार्यक्रममा पारित भए संगै महानगर संग जग्गा माग गरिएको मन्त्रि रामशरण बस्नेतले बताए । मन्त्रालय मार्फत काम थाल्न पहल भइसकेको समेत मन्त्रि बस्नेतले बताए ।

महानगरले पोखरा रंगशालाको वृहत्तर बिकासका लागि पहल थाल्ने मेयर जिशीको भनाइले धेरै उत्साह आएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका का.बा.अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । खेलाडीले सुविधा सम्पन्न स्थानमा खेलाडीले प्रशिक्षण गर्न पाउनु पर्ने अधिकार प्रति आपूmहरु सचेत रहेको बताउँदै भने– “हामीलाई सुविधा सम्पन्न खेलकुदको पूर्वाधार बिकास आवश्यक छ ।”

कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले पोखरा रंगशालाको बिकास छिटो गर्नु पर्ने भएकोले पनि यो वा त्यो भनेर कुरेर बस्ने अब सम्भव नहुने बताए । आफ्नो चाहना कास्कीको मुटुमा रहेको पोखरा रंगशालाको वृहत्तर बिकास नै रहेको बताउँदै उनले महानगरले सुरु गरेको प्रयासमा हरसम्भव सहयोग गर्ने बताए । अध्यक्ष गुरुङले महानगरले माग गरे बमोजिम सोमबार नै पत्राचार गरिने समेत जानकारी दिए ।

 

कमेन्टहरु
Loading...