पोखरामा अन्तराष्ट्रियस्तरको फुटबल मैदान यस्तो बन्दै छ, स्केच सार्वजनीक

पोखरा, १९ मंसिर/खेलकुद परिषदले पोखराको फुटबल मैदानसहित प्यारापिट तथा एथलेटिक्स ट्रयाक बनाउने ग्लोबल टेण्डर आह्वान गरेको एक महिना पछि फुटबल मैदानको स्केच सार्वजनीक गरेको छ । पोखरा रंगशालामा बन्ने फुटबल मैदानको स्केच क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले समाजीक सञ्जाल मार्फत सार्वजनीक गरेका हुन् ।

पोखरामा अन्तराष्ट्रियस्तरको फुटबल मैदान यस्तो बन्दै छ, स्केच सार्वजनीक
पोखरामा अन्तराष्ट्रियस्तरको फुटबल मैदान यस्तो बन्दै छ, स्केच सार्वजनीक

पोखरा रंगशालाको फुटबल मैदानसहित रुफटपयुक्त प्यारापिट निमार्णका लागि विभिन्न देशले चासो देखाएका थिए । फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको थियो । स्टेडियममा करिब २५ देखी ३० हजार दर्शक अट्ने क्षमताको बनाउने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । दर्शक क्षमता २० हजार (१० प्रतिशत तलमाथि हुने) टेण्डरमा उल्लेख छ । प्यारापिटको आयु फलामसँग निर्भर रहने पौडेलले बताए । ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने छ । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख छ ।

पोखरा रंगशाला तस्बिरः सन्जय शाक्य
पोखरा रंगशाला तस्बिरः सन्जय शाक्य

उनका अनुसार ३५ दिनभित्रमा टेण्डर प्रक्रिया पुरा हुनेछ । मैदानसहितको प्यारापिट एवं एथलेटिक्स ट्रयाकको लागि ८५ करोड देखी एक करोड सम्म पुग्न सक्ने अनुमान लगाइएको छ । स्टेडियममा आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत राखिने छ । परिषदले १३ औं सागलाई मध्ये नजर गर्दै पोखराको फुटबल स्टेडियम स्तरोन्नतीको तयारी थालेको हो ।

स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण हुनेछ । फुटबल मैदान फिफाले तोकेको मापदण्डमा बन्नेछ । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा आयोजना हुदाँ फुटबल मैदान, दर्शक प्यारापिट, व्याडमिन्टन कर्भड हल, मार्शल आर्ट हल निर्माण गरिएको थियो । जुन भूकम्पले जीर्ण बनाईदिएको छ ।

कमेन्टहरु
Loading...