पोखरा प्रिमियर लिग क्रिकेट कात्तिक दोस्रो हुने

काठमाडौ, ६ असार /पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) कात्तिक दोस्रो साता हुने भएको छ । कात्तिक ९ देखि २० गतेसम्म हुने लागेको टी २० क्रिकेटको आयोजना क्विन इभेन्ट्स म्यानेजमेन्ट गर्न लागेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमले सहभागीता जनाउने छन् । नेपालमा सञ्चालन हुदै आएका ईपीएल, डीपीएल खेलेका र केही नयाँ शहरको नाममा फ्रेन्चाइज टिम हुने क्विन इभेन्ट्सका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए । उनका अनुसार खेलाडीहरुको छनोट अक्सनबाट छनौट हुने छन् ।

पीपीएललाई प्रभावकारी बनाउन फ्यान सदस्यताको अवधारणा पनि अघि सारिएको लामाले बताए । फ्रेन्चाइज टिमको फ्यान सदस्यहरुलाई प्रतियोगिताका क्रममा पोखरा जान, बस्न सहुलियतमा सुविधा दिने व्यवस्था मिलाउन लागेको बताए ।

कमेन्टहरु
Loading...