प्याराग्लाइडिङ उडानका लागि सराङकोटमा स्थायी ठाँउको खोजी

पोखरा, २६ वैशाख /पोखरामा प्याराग्लाइडिङ्गको करिब २० वर्षे इतिहासमा पहिलो पटक सराङकोटबाट स्थायी रुपले उडान भर्न र अवतरणका लागि स्थायी ठाँउको खोजी सुरु भएको छ । प्याराग्लाइडिङ उडानका लागि विश्व कै ५ औं उत्कृष्ट गन्तव्य मध्ये एक पोखरामा यसरी उडान भर्नका लागि पहिलो पटक स्थायी ठाँउको खोजी सुरु भएको हो ।

नेपालमा विश्व प्याराग्लाइडिङ प्रतियोगितालाई मध्येनजर गर्दै नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले पोखरा लेखनाथ महानगरपालिका संग स्थायी ठाँउ दिन आग्रह गरेको हो । संघका महासचिब शैलेन्द्र रावतका अनुसार विश्वकपको मापदण्डका पुरा गर्नको लागि पनि टेक अफ र ल्याडिङ्गको उचित स्थान आवश्यक परेको बताए ।

पोखरा लेखनाथ महानगर पालिका वडा नं १८ र संघले संयुक्त रुपमा जग्गाको खोजी गरि महानगरलाई कार्यालयलाई यस बारे आवश्यक सहयोग गर्न आग्रह समेत गरिएको छ । पोखरामा व्यवसायिक रुपमा संचालित ६० भन्दा वढी कम्पनी मध्ये केहीका निजी उडान भर्ने र अवतरणका लागि ठाँउ भए पनि खेलकुदका लागि भनेर स्पष्ट रुपमा ठाँउ नभएकोले समस्या भएको महासचिब रावतले बताए ।
वडा कार्यालयले महानगरलाई स्थानका लागि बैशाख १९ गते पत्राचार गरे पनि महानगरले भने प्याराग्लाइडिङ संचालकहरुले स्थानिय सरकारलाई बुझाउनु पर्ने कर नतिरे सम्म कुनै प्रक्रिया अगाडी नबढाउने भन्दै फर्काएको थियो ।

यस अधि प्याराग्लाइडिङ कम्पनीहरुले गाँउ विकास समितीलाई ५ हजार सम्म कर तिर्दै आए पनि महानगरको २०७४–०७५ मा पारित नयाँ आर्थिक नियमावली अनुसार प्रती कम्पनी ५० हजार तोकिएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र प्याराग्लाइडिङ कम्पनी हरुको छाता संस्था नेपाल हवाइ खेलकुद संस्था (ना) ले स्थानिय सरकारले स्थायी जग्गा उपलव्ध गराएमा वार्षिक १ लाख सम्म तिर्ने मौखिक सहमती जनाएका छन ।

यता पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिशीले प्याराग्लाइडिङ कम्पनीहरु करको दायरामा नछिरे सम्म कुनै पनि जग्गाको खोजी नगरिने स्पष्ट पारे । उनले भने–“पहिला कम्पनहिरु करको दायरामा आउन अनि बल्ल अरु कुरा बारे सोचिन्छ ।” मेयर जिशीले करको दायरामा कम्पनीहरु आए मात्र व्यवसायिक शुरक्षाको ग्यारेन्टी संगै जवाफदेहिता लिने स्पष्ट पारेका थिए । मेयर जिशीको अडान पछि अहिलेको तोकिएको कर तिर्ने र अर्को आ.व बाट कर घटाउने सहमती पछि महानगर जग्गा खोज्न राजी भएको हो । सो सहमती अनुसार महानगरले वडा कार्यालय १८ लाई बैशाख २४ गते जग्गा खोज्न भन्दै पत्राचार समेत गरेको छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल हवाइ खेलकुद संस्था (ना) ले महानगर संगको सहमती पछि संघले आफ्नै पहलमा वडा कार्यालय १८ संग मिलेर जग्गाको खोजी गर्दै छ । वडा नं १८ का अध्यक्ष रण बहादुर थापाले वडा नं १८ सराङकोट स्थित न्युरिनी भिर र तोरी पानीको बाकोट डाँडामा उडानका लागि जग्गा हेरिएको बताए । “आफ्नो वडा विश्वकै प्रख्यात प्याराग्लाइडिङ गन्तव्य भएकोले पनि यसलाई स्थायीरुप दिन तयार छौ” अध्यक्ष थापाले भने ।

उनले अवतरणका लागि पनि उपयुक्त स्थानको खोजी भइरहेको बताए । अहिले धेरै उडानहरु निजी कम्पनीका ठाउँ बाट भइरहेको र अवतरण गर्ने स्थानमा समेत कम्पनीहरु विचौलियाको कारण मारमा परेको तथा दुर्घटनाका जोखिम पनि बढेको व्यवसायीहरुले बताएका छन । नेपालमा प्याराग्लाइडिङ खेलको विश्वकप यसै वर्ष कात्र्तिक १५ देखि १९ गते सम्म हुने भएको छ ।

नेपालमा पहिलो पटक विश्वकप आयोजना हुने भए पछि राष्ट्रिय खेलकुद प।िषदको समेत यसमा चासो वढेको परिषदका सदस्य सचिब केशब कुमार विष्टले बताए । उनले केही दिन अधि संघका पदाधिकारी र प्राविधिकको टोली सहित जग्गाको निरिक्षण समेत गरेका थिए । सदस्य सचिव विष्टले जग्गा उपलव्ध भएमा पूर्वाधार बिकासका लागि बजेट पठाउने तयारी समेत भएको बताए । आयोजना हुने विश्वकपको उद्घाटन या समापन मध्ये एक पोखरा र स्याङ्गजामा हुनेछ भने अन्य सम्पुर्ण खेलहरु पोखरामा नै हुने संघका महासचिव रावतले बताए ।

कमेन्टहरु
Loading...