पोखराको सराङकोटमा प्याराग्लाइडिङ प्रतियोगिता, बेवास्ताले विश्वकप हुन सकेन

सुमन ढुंगाना

पोखराको पर्याय बनेको पर्यटन र पोखरा पर्यटनको पहिचान बनेको छ प्याराग्लाइडिङ । हामी आफैंसंग भएका कयौं सम्पत्तिको सदुपायोग गर्न नसक्दा र प्रयासहरुको ब्यवस्थापन गर्न नसक्दा पछि परिरहेका छौं भन्ने उदाहरण हो पोखराको प्याराग्लाइडिङ पनि । अहिलेको अवस्थामा नेपालमा कुनै एक खेलको विश्वकप हुन्छ र हुनसक्छ भने त्यो एकमात्र खेल हो प्याराग्लाइडिङ । तर सरकारी निकाएको अदुरदर्शी नीति र बेवास्ताका कारण यो बिषयमा कतिपयलाई यो बारे थाहानै छैन । अहिले पोखराको सराङकोटमा एसियन कन्टिनेन्टल प्याराग्लाइडिङ च्यम्पियनशिप चलिरहेको छ ।

प्यारा पाइलटहरु आफ्नो ग्लाईडर सहित एकपछि अर्को गर्दै आकाशमा उडिरहेका छन् । पोखरामामा भैरहेको एसियन कन्टिनेन्टल प्याराग्लाइडिङ च्यम्पियनशिपमा करिब १ सय भन्दा बढि पाइलटहरु प्रतिस्पर्धामा छन् । टास्क कमिटीले विन्डो ओपन भएको घोषणा गरेपछि प्यारा खेलाडीहरु आफ्नो टास्क पुरा गर्न स्टार्टइंग जोन तर्फ लाग्दैछन, र सबै प्याराहरु एकै ठाउंमा जम्मा हुन्छन । पाइलट संग भएको जीपीएसमा टास्क सुरु गर्ने संकेत बज्ने बित्तिकै रेस सुरु हुन्छ ।

टास्क कमिटीले दिएको क्षेत्रलाई छोएर सबै भन्दा पहिला ल्याण्ड गर्ने पाइलट त्यो दिनको बिजेता बन्छ । ५ दिन सम्मको छुट्टाछुट्टै टास्क पुरा गर्ने पाइलटले प्राप्त गरेको कुल अंकबाट जो पहिलो बन्छ उनै बन्ने छ एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ च्यम्पियनशिपको बिजेता । ओभरल च्यम्पिएन, स्पोर्ट्स क्याटेगोरी र उमन्स क्याटेगोरी,मा उत्कृस्ट खेलाडी छानिनेछ भने आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन घोसणा गरिने छ । बिजेता र टास्क पुरा गर्ने पाइलटको एफ ए आइ को र्यांकिंगमा नम्बर समेत बढ्ने छ ।

पोखरामा जारि एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ च्यम्पियनशिपमा प्याराग्लाइडिङको बिश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको टास्क कमिटि सदस्यनै नेपाल आएका छन् । एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएसनका महासचिब जिन सुक र सचिब निक्की मोस् भन्छन पोखरा विश्वकै उत्कृस्ट प्याराग्लाइडिङ गन्तब्य हो र यहाँ एसको ठुलो सम्भावना छ ।

एफ ए आइ क्याटोगरि २ अन्तर्गत जारी प्रतियोगिता नेपाल एअर स्पोर्ट्स एसोसिएन,नेपाल प्याराग्लिदिंग पाइलट क्लब र नेपाल हेनग्लैदिंग तथा प्याराग्लिदिंग संघको संयुक्त आयोजनामा भएको हो । प्रतियोगितामा २२ राष्ट्रका १ सय भन्दा बढी पाइलट सहभागी छन् । भारत बाट प्रतियोगिताकालागि पोखरा आएका पाइलट अजय कुमार साह आफु धेरै पटक पोखरा आएको र बिश्व भरिका पाइलटले पोखराको प्याराग्लाइडिङलाई मनपराउने बताउछन् ।

२ दशक अघि व्यवसायी विरु बम्जनको सक्रियतामा सुरुभएको हो पोखराको प्याराग्लाइडिङ भने पोखराको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ गर्ने व्यक्ति हुन् बेलायतका एडम चाल्स हिल । त्यसयता पोखराको प्याराग्लाइडिङले थुप्रै फड्को मरेको छ । २ पटक प्रि वर्ल्ड कप नै संचालन भैसकेको छ । तर सबै प्रयास निजि स्तर बाट मात्र भएको छ । हो प्याराग्लाइडिङलाइ सरकारले न खेल ठान्यो नत पाइलटहरुलाई खेलाडीनै सम्झियो । नेपाली पाइलटहरु बिश्व कपमा समेत सहभागी भएर बिजेता समेत भएका छन तर आफ्नै देशमा त्यसको कुनै मुल्य नहुदा मन खिन्न हुने नेपाली पाइलट बिमल अधिकारी बताउछन् ।

अहिले पोखरामा ६० कम्पनीले प्याराग्लाइडिङ संचालन गरिरहेका छन् । २०० भन्दा बढी नेपाली पाइलट जन्मिसकेका छन् । आन्तरिक र वाह्य पर्यटकको आकर्षण वनेको प्याराग्लाइडिङलाई सहयोग गर्नु र यो ब्यवसायलाई प्रोत्साहित गर्ने गरि ब्यवस्था मिलाउनु नियमन निकाय तथा सरकारको पनि जिम्मेवारी हो । कुनै पनि प्रतिस्पर्धा या राष्टिय स्तरको कार्यक्रममा सुरक्षा तथा आवश्यक आकस्मिक सेवा र उद्धारको जिम्मेवारी सरकार र सरकारी निकायले लिने परम्परा छ ।

तर हामीकहाँ, यति ठूलो विश्वले हेरिरहेको अन्तराष्टिय प्रतिस्पर्धा हुँदा समेत सरकारले बेवास्ता गर्नु सुहाउने कुरा होइन । आकाशमा प्यारहरु उडेको देख्दा आहा कति सुन्दर रंगी बिरंगी पुतली मात्र देख्ने सम्बन्धित निकाएले तिनै पुतलीको पिडा अझ सम्म बुझ्न सकेको छैन । जुन आफैमा लज्जाबोध हुने बिषय हो ।

paragliding

Posted by Ganthan.com on Friday, February 9, 2018

कमेन्टहरु
Loading...